पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान
  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान
  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान
  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान
  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान
  • पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड

10 June, 2019 16:58 | प्रबास | comments | 14400 Views

पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

न्यूयोर्क – अमेरिकामा रहेका नेपाली पत्रकार सूर्य थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान गरिएको छ । बिगत लामो समयदेखि अमेरिकामा रहेर नेपाली समुदायमा सक्रिय रहेर पत्रकारिता गरेका थापालाई समुदायका हितका लागि गरेको कार्यको हौसला स्वरुप सर्भिस अवार्ड प्रदान गरिएको जनाइएको छ ।

adsads

समुदायको हितका लागि काम गर्ने व्यक्तिहरुलाई प्रोत्साहन स्वरुप प्रदान गरिने यो सर्भिस अवार्ड पत्रकार थापालाई शिकागोमा आइतबार भएको एक बिषेश कार्यक्रममा ईलोनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले प्रदान गरेका हुन् ।

अवार्डमा आफ्नो समुदायको हित हुँदै देशको हितका लागि काम गर्नेहरुलाई प्रदान गरिने यस अवार्डबाट तपाईलाई गोल्ड सर्भिस अवार्ड प्रदान गरिएको र आगामी दिनमा पनि थप सक्रियताको शुभकामना गर्दछौं लेखिएको छ । अवार्ड प्रदान कार्यक्रममा एनआरएन अमेरिकाका नव निर्वाचित उपाध्यक्ष बुद्धि सुवेदी, शिकागो क्षेत्रका लागि पर्यटनदूत बाला घिमीरे, नेजाका महासचिव किरण मरहठ्ठा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

अवार्ड प्रदान गर्दै ईलिनोईज राज्यका स्टेट सेक्रेटरी जेसी ह्वाईटले पत्रकार थापाको उज्जवल भविष्यको कामना गर्दै समुदायको हितका लागि थप सक्रिय हुन शुभकामना दिएका थिए । जेशी ह्वाईट अमेरिकाको डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता हुन् ।

नेपालको गुल्मीमा जन्मेका थापा नेपालमा रहंदा टेलिभिजन तथा बिभिन्न पत्रिका र एफएममा सक्रिय रहेका थिए । बिगत ९ बर्षदेखी अमेरिकामा रहेका पत्रकार थापा अमेरिकामा आएपछि ह्वाईट हिमाल टिभी हुँदै हाल कार्यक्रम यु स्टाट अगेन मर्पह्त समुदायको हित र बिकासका कुराहरुलाई उठांउदै आएका छन् ।

प्रेसिडेन्स सर्भिस अवार्ड जस्तो महत्वपुर्ण अवार्ड प्रदान गरिएकोमा खुशी ब्यक्त गर्दै पत्रकार थापाले आफ्नो क्षेत्रबाट समुदायको हितका लागि काम गर्न थप हौसला मिलेको बताएका छन् । थापाले आफ्नो पत्रकारिता यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएका छन् ।

ह्वाइट हाउस द्वारा समाज सेवी मणी नेपाली पनेरु पुरस्कृत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पत्रकार थापालाई अमेरिकी राष्ट्रपतिको सर्भिस अवार्ड प्रदान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

फेसबुक

व्यावसायिक लिची खेतीतर्फ किसान आकर्षित

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!