पत्रकार बानियाँको मृत्युबारे अनुसन्धान गर्न माग

13 August, 2020 12:02 | जन सरोकार | comments | 16500 Views

नेपाल प्रेस युनियनले कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँको मृत्युबारे गहिरो अनुसन्धान गर्न माग गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले बुधबार शोक विज्ञप्ति जारी गरी नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधिसमेत रहेका बानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।

“अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका बानियाँको मृत्यु दुर्घटना, आत्महत्या वा हत्याका कारण भएको हो यकिन भएको छैन, यसबारे प्रहरीले गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउनुपर्छ”, महासचिव शिवाकोटीले भन्नुभयो ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिवसमेत रहनुभएका बानियाँको मृत्युको खबरले प्रेस युनियन मर्माहत भएको बताइएको छ । दुःखद् घडीमा पत्रकार बानियाँप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा युनियनले समवेदना प्रकट गरेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राष्ट्र बैंक

फेसबुक

राष्ट्र बैंक

ट्वीटर

सामाजिक सञ्जाल

More