पत्रकार महासंघ गण्डकी पत्रकार महासंघ गण्डकी

  • पत्रकार महासंघ गण्डकी
  • पत्रकार महासंघ गण्डकी
  • पत्रकार महासंघ गण्डकी
  • पत्रकार महासंघ गण्डकी
  • पत्रकार महासंघ गण्डकी
  • पत्रकार महासंघ गण्डकी

पत्रकार महासंघ गण्डकीकाे प्रदेशस्तरीय मिडिया सम्मेलन सुरु

27 April, 2019 00:20 | जन सरोकार | comments | 9150 Views

पहिलाे दिन समृद्धि र समावेशिताबारे छलफल

पत्रकार महासंघ गण्डकी

रामजी प्रसाद लम्साल, पाेखरा – नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिकाे आयाेजनामा पाेखरामा गण्डकी प्रदेशस्तरीय दुई दिने मिडिया सम्मेलन सुरु भएकाे छ । साे मिडिया सम्मेलनकाे उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान ‘अजित’ले प्रेस स्वतन्त्रताकाे रक्षा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेकाे बताउनुभयो ।

adsads

प्रेससँग सराेकार राख्ने कानूनहरू निर्माण गर्दा पत्रकार महासंघसँग आवश्यक छलफल गरेर मात्रै अघि बढ्ने भन्दै कानून मन्त्री अजितले पत्रकारकाे पेशागत हित र सुरक्षाका लागि प्रदेश सरकारले आवश्यक नीति निर्माणमा जाेड दिने बताउनुभयो ।

संघीयताको वास्तविक कार्यान्वयनमा प्रेस जगतले प्रदेश सरकारलाई सघाउन आग्रह गर्दै उहाँले सिर्जनात्मक आलाेचनामार्फत सरकारलाई खबरदारी र सचेत गराउन समेत अपिल गर्नुभयाे ।नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेसविराेधी कानून निर्माणमा सरकार लागेकाे हाे कि भन्ने आशंका बढेकाे भन्दै प्रेससँग साइनो नै नभएकाे कानून लगाएर पत्रकारलाई हत्कडी लगाउनु लाेकतन्त्र र संविधानविपरीत भएकाे बताउनुभयो । पत्रकारले पनि साेंच्नुपर्ने बेला आएकाे भन्दै उहाँले प्रेस स्वतन्त्रताका लागि पत्रकार सडकमै ओर्लनुपर्ने अवस्था आउनु विडम्बनापूर्ण भएकाे उल्लेख गर्नुभयाे । रुद्रबहादुर भट्टराई स्मृति पत्रकारिता पुरस्कारका संरक्षक पर्यटन व्यवसायी गाेपीबहादुर भट्टराईले पर्यटन र समृद्धिका लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने भनाइ राख्नुभयाे ।

नेपाल पर्यटन बाेर्ड, गण्डकी प्रदेश कार्यालयकाे सभाहलमा शनिबारसम्म चल्ने मिडिया सम्मेलनकाे पहिलाे दिन समृद्धि र पत्रकारिता तथा समावेशिता र पत्रकारिताबारे छलफल भयाे । छलफलकाे पहिलाे सत्रमा पत्रकार वासुदेव मिश्रले गण्डकी प्रदेश याेजना आयाेगका उपाध्यक्ष डा. गिरिधारी शर्मा र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अानन्दराज मुल्मीसँग छलफल गर्नुभयो ।

छलफलमा याेजना आयाेगका उपाध्यक्ष डा. शर्माले मिडियामा विकासका समाचारले प्राथमिकता पाउन नसकेकाे बताउनुभयो । त्यस्तै, महासंघका पूर्वअध्यक्ष मुल्मीले नागरिक स्वतन्त्रताको रक्षाका लागि पत्रकारिता जगतकाे महत्त्वपूर्ण भूमिका रहेकाे भनाइ राख्नुभयाे ।

त्यसैगरी, छलफलकाे दाेस्राे सत्रमा पत्रकार जमुना वर्षा शर्माले समावेशिता र पत्रकारिताबारे नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँले र लेखक सावित्री गाैतमसँग छलफल गर्नुभयाे । महासंघका पूर्वअध्यक्ष गाउँलेले पत्रकारितामा पनि देशकाे वास्तविक तस्वीर झल्किनुपर्ने भनाइ राख्नुभयाे । लेखक गाैतमले शारीरिक उपस्थितिले मात्रै समावेशी नहुने भन्दै विषयवस्तुमा समावेशिता आवश्यक भएकाे धारणा राख्नुभयाे ।

पत्रकार महासंघ गण्डकी

नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पाैडेलले पत्रकारिताप्रति आम नागरिक र राज्यको अपेक्षा एवं आम नागरिक र राज्यबाट पत्रकारिता क्षेत्रकाे अपेक्षाबारे छलफल गर्न मिडिया सम्मेलन आयाेजना गरिएको बताउनुभयो । मिडिया सम्मेलनमा पत्रकार र सहभागीहरुबीच अन्तरक्रिया समेत गरिएकाे थियाे । कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष नारायण शर्मा र महासचिव गणेश पाैडेलले पनि बाेल्नुभएकाे थियाे ।

शुक्रबार पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभा र रवी लामिछानेस‌ंग खुल्ला अन्तरक्रिया हुदै

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पत्रकार महासंघ गण्डकी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

सेतक चिनी

फेसबुक

सेतक चिनी

ट्वीटर

सामाजिक सञ्जाल

More