पत्रकार महासङ्घ युरोपको एकै दिन समानान्तर अधिवेशन
नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशन दुई समूहको समानान्तर रुपमा सम्पन भएको छ । युरोप शाखाको कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले र केजिन राई समूहले अधिवेशन गरेका छन् ।
राई समूहको अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताउँदै नेपालको राजनीतिक अवस्था बारेमा त्यति धेरै चिन्ता लिनुपर्ने आवश्यकता नभएकोले तत्काल समस्या देखिए पनि राजनीतिक दलहरु आपसी छलफल गरी निचोडमा छिट्टै पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार र पत्रकारबीच घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै महासङ्घको नयाँ नेतृत्वसँग आगामी दिनमा सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बेल्जियम, जर्मनी, डेनमार्क र फ्रान्सका लागि नेपाली राजदूतहरू राजदूत गेहेन्द्र राजभण्डारी, रामकाजी खडका, युवनाथ लम्साल र दीपक अधिकारी, पत्रकार महासङ्घका केन्द्रिय सचिव लक्ष्मी पुन, गैरआवासीय नेपाली सङ्घका केन्द्रिय महासचिव डा हेमराज शर्मा, एनआरएनए युरोप संयोजक नारायण आर्चाय, नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष नरेश खपाङ्गी मगर, बिबिसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगी तथा प्रेस युनियन बेलायतका अध्यक्ष विपिन निरौलाले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
यसै गरी युरोप शाखाका कार्यवाहक अध्यक्ष डिल्लीराम अमगाईं समूहले पनि समानान्तर शाखाको चौथो अधिवेशन गरेको छ । अमगाईंले केजिन राई समूहले महासङ्घको विधि विधान मिचेर एकलौटी ढङ्गले महासङ्घ चलाउन खोजेको भन्दै विवाद चुलिएकाले छुट्टै अधिवेशन गर्नुपरेको बताउनुभयो ।
अधिवेशन उद्घाटन कार्यक्रममा बिबिसी नेपाली सेवाका पूर्व पत्रकार योगीले समाज परिवर्तनमा अहम् भूमिका खेल्ने पत्रकारहरू विभाजित हुँदा समाजमा सकारात्मक सन्देश नजाने बताउँदै चौथो अधिवेशन एकताको अधिवेशन हुनुपर्नेमा जोड दिनुभयो ।
अधिवेशनमा वरिष्ठ पत्रकार एवं विश्लेषक नरेन्द्रजङ्ग पिटरले विश्वकै विकसित युरोपेली मुलुक पुग्दा पनि हाम्रो विभाजित मानसिकता हामीले अध्यागमन विभाग छोडेर जान नसक्नु ठूलो बिडम्वना हो भन्नुभयो । उहाँले प्रवासमा भएका नेपाली पत्रकारहरुले युरोपेली मुलुकहरुको राजनीतिक संरचना र विकासको संरचनाको बारेमा अध्ययन गर्दै रिपोर्टिङ गर्नुपर्नेमा आफैँ विभाजित भएर छुट्टाछुट्टै अधिवेशन गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल, महासङ्घ पूर्वअध्यक्ष तारानाथ दाहाल, प्रेस युनियन युरोपका अध्यक्ष सञ्जय कँडेल, एनआरएनए युरोप संयोजक नारायण आचार्य, एनआरएन केन्द्रिय सदस्य सुवास जोशी, बेल्जियमका महासचिव तीर्थराज धमला, जनसम्पर्क समिति बेल्जियमका सभापति सीता सापकोटा, जन प्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेल, मोर्चा पोर्चुगल अध्यक्ष पूर्ण विश्वकर्मा, नेपाली समाज बेल्जियमका अध्यक्ष नेत्र मगर र युरोप पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्माले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै युरोप शाखामा देखिएको समस्या छिटोभन्दा छिटो हल हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- दोस्रो चरणको खोप २० दिन सञ्चालन हुने
- यौन दुव्र्यवहारको आरोप लागेका भारतका एक मन्त्रीद्वारा राजीनामा
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


