पदक विजेतालाई प्रधानमन्त्री ओलीको सम्मान- नगद पुरस्कारको घोषणा हुने

11 December, 2019 14:01 | खेल | comments | 7950 Views

हिजो मंगलबार काठमाडौंमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकूदमा पदक जित्ने नेपाली खेलाडीलाई प्रभानमन्त्री केपी शर्मा ओलीले सम्मान गर्नुहुने भएको छ । सम्मानका लागि पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाउनुभएको छ ।

adsads

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्मानका लागि खेलाडी तथा प्रशिक्षकलाई बुधबार दिउँसो सबा २ बजे बालुवाटार बोलाउनुभएको छ । सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी रहेको बताइएको छ ।

म‌ंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । ८औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

कांग्रेस भ्रातृ संस्था लथालिंग

फेसबुक

कांग्रेस भ्रातृ संस्था लथालिंग

ट्वीटर

सामाजिक सञ्जाल

More