टान टान

  • टान
  • टान
  • टान
  • टान
  • टान
  • टान

पदयात्रा पर्यटनका लागि आर्थिक सहयोग

6 May, 2019 10:45 | कर्पोरेट/पर्यटन | comments | 8100 Views

टान

ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङघले पदयात्रा पर्यटनलाई लक्ष्य गरी रु एक लाख ७० हजार सहयोग गरेको छ ।सङ्घले पर्यटकीयस्थल बिरेठाँटी–तमु–मोहोरीया–टाडापानी हुँदै हिँड्न लेक पुग्ने पदयात्रामार्गको विकासका लागि सहयोग गरेको हो ।

adsads

उक्त पदमार्ग क्षेत्रको सरसफाइलाई लक्ष्य गरी बिरेठाँटी आमा समूह र बिरेठाँटी युवा क्लबलाई रु १०/ १० हजार सहयोग गरेको छ । बिरेठाँटीमा आइताबार आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष हरि भुजेलले उक्त रकम हस्तान्तरण गर्नुभयो । उहाँले पदयात्रा पर्यटन नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने बताउनुभयो ।

जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिदै गएकाले यसको संरक्षण आवश्यक भएको भुजेलले बताउनुभयो । उहाँले वैकल्पिक पदमार्गको विकासलाई पनि सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले रमणीय दृष्यावलोकनसहित पदयात्रा गर्न पाउनु पर्यटकका लागि महत्वपूर्ण पक्ष भएको उल्लेख गर्नुभयो । पदयात्राका साथै खाने, बस्ने ठाउँ र सुरक्षाको प्रत्याभूति आवश्यक भएको बताउनुभयो ।

सञ्चालित पदमार्गको संरक्षण र विकासका साथै वैकल्पिक पदमार्गको खोजी एवं प्रवद्र्धन कार्यलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो । अन्नपूर्ण गाउँपालिका–८ अध्यक्ष विजय गुरुङ, पदयात्रा निर्माण समितिका अध्यक्ष रामप्रसाद ढुङ्गाना, बिरेठाँटी आमा समूहका अध्यक्ष विष्णुमाया गुरुङ, बिरेठाँटी युवा क्लबका अध्यक्ष चन्द्रमान गुरुङ, सङ्घका सचिव जीवन सापकोटालगायतले पदयात्रा पर्यटनलाई व्यवस्थित गर्न सके फाइदा पुग्ने बताउनुभयो ।

पदयात्रा पर्यटनसँग जोडिदै दरबार र गुफा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
टान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

फेसबुक

हेटौँडा सिमेन्टको ३३ वर्ष : बल्ल मुनाफा आर्जन गर्दै

ट्वीटर

सामाजिक सञ्जाल

More