पद्मश्री साहित्य पुरस्कार शारदा र सत्यमोहनलाई प्रदान

26 September, 2013 19:54 | साहित्य | comments | 114600 Views

 padma shree samanयस्वर्षको पद्मश्री साहित्य पुरस्कार साहित्यकार शारदा शर्मा र सस्कृतिविद सत्यमोहन जोशीलाई प्रदान गरिने भएको छ ।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा नारी संवेदनाका विविध पाटालाई आख्यानात्मक ढंगले उतारिएको शर्माको उपन्यास तापलाई पद्मश्री साहित्य सम्मान– २०६९ तथा सात दशकदेखि नेपाली संस्कृति, लोकसाहित्य तथा नाटकका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका सत्यमोहन जोशीलाई पद्मश्री साधना सम्मान–२०६९ प्रदान गरिने भएको हो ।

वि.सं २०६३ मा स्थापित पद्मश्री साहित्य सम्मान वि.सं २०६३ मा गणेश रसिकको दश गजामा उभिएर संस्मरणलाई, २०६४ मा भानुभक्त पोखरेलको हिमवतखण्ड महाकाव्यलाई, वि.सं २०६५ मा कृष्ण बरालको समय हराएको बेला उपन्यासलाई, वि.सं २०६६ मा ध्रुव सापकोटाको अकल्पनीय उपन्यासलाई र अमर न्यौपानेको पानीको घाम आख्यानलाई, वि.सं २०६७ मा झमक घिमिरेको जीवन काँडा कि फूल जीवनी र रवीन्द्र समीरको अर्जुनदृष्टि लघुकथासंग्रह र वि.सं २०६८ मा खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लय निबन्ध संग्रहलाई प्रदान गरिएको थियो । यस पुरस्कारको राशी रुं दुई लाख रहेको छ ।

  

वि.सं २०६५ सम्म मोफोसलमा रही साहित्य साधना गर्ने स्रष्टालाई मात्र दिइने गरिएको साहित्य सम्मान वि.सं २०६६ देखि राष्ट्रव्यापी गरिएको छ ।

यस्तैगरी वि.सं २०६७ सालमा स्थापना गरिएको पद्मश्री साधना सम्मान पहिलो पटक राष्ट्रकवि माधव घिमिरेलाई र दोस्रो पटक वि. सं २०६८ मा मदनमणि दीक्षितलाई प्रदान गरिएको जिवा लामिछानेले बताउनु भयो । यस पुरस्कारको राशी रु. एक लाख रहेको छ । यो सम्मान हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिन्छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More