पप्पुले काम नगरे पनि पुरानै संरचनामार्फत नेपालगञ्ज पुग्यो सिक्टाको पानी

7 December, 2019 12:48 | अर्थ | comments | 45900 Views

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको बाँकेसम्म पानी पुर्याउने डुडुवा शाखा नहर पप्पु कन्ट्रक्सनले सम्झौता अनुरुप निर्माण गरेन । तर पनि पूरानै संरचनामार्फत पानी नेपालगन्ज पुगेको छ ।

पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझामा पुगेको हो । खोलामा पानी सञ्चालन भएको थाहा भएपछि ठाउँठाउँमा किसानले पम्पिसेटको प्रयोगबाट गहुँमा सिँचाइ गरिरहेका छन् ।

  

आयोजनाका डिभिजन इन्जिनियर एकराज भट्टराईका अनुसार एक्जाभेटरले नहर सफा गर्दै पानी सञ्चालन गरिएको हो । अब किसानले पम्पिङ गरेर भए पनि सिँचाइ गर्न सक्नेछन्। अब डुडुवा मुल नहरबाट पुरैनी उपशाखाबाट नेपालगन्ज क्षेत्रमा र इन्द्रपुर उपशाखाबाट जानकी गाउँपालिकाका विभिन्न क्षेत्रमा सिँचाइको पहुँच हुनेछ ।

डुडुवाको पिप्रहवास्थित खजुरा शाखाबाट चार किलोमिटर टाढा खजुरा गाउँपालिकामा पनि पानी पुगेको छ । शुक्रबारदेखि नै इन्द्रपुर शाखामा पानी सञ्चालन गरिएको छ । आइतबारसम्म पुरैनी उपशाखामा पनि पानी सञ्चालन गर्ने सिक्टा सिँचाइ आयोजनाको तयारी छ । डुडुवा शाखा नहर निर्माण नभए पनि किसानलाई गहुँ सिँचाइ गर्न मिल्ने गरी पानी छोडिएको आयोजनाले जनाएको छ ।

सिक्टा सिँचाइ आयोजनाको जग्गा पनि व्यक्तिको नाममा नामसारी

सिक्टा सिँचाइ आयोजनाको काम सुस्तगतिमा : १४ वर्षमा ६० प्रतिशतमात्रै काम सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More