पप सम्राट विष्टको सहयोगार्थ साँस्कृतिक साँझ हुने (भिडियोसहित)

14 December, 2017 22:52 |कला/मनोरन्जन , कलिउड | comments | 156300 Views

    विजय थापा । पप सम्राट ओमविक्रम विष्टको दुबै मृगौला खराव भएको र उपचारमा निकै खर्च लाग्ने भएकोले डीसी महानगर क्षेत्रका नेपाली समुदायले खर्च जुटाउन ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ गर्न एक जुट भएका छन् ।

    adsads

    कलाकार विष्टको मृगौला प्रत्यारोपण गर्न आवश्यक भएको छ । हाल हप्तामा तीनपटक डाइलोसिस गरिरहेका छन् । गत डिसेम्बर ११ तारिख आइतबार साँझ भर्जिनियाको स्यानटीलीमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को पहलमा आयोजना गरिएको कार्यक्रममा डीसी क्षेत्रका बिभिन्न संघ तथा संस्थाका प्रतिनिधिहरुको भेलाले आगामी जनवरी २० तारिख कार्यक्रम गर्ने निर्णय गरेको छ ।

    कार्यक्रममा इनास अमेरिकाका अध्यक्ष आनन्दु लामाले कार्यक्रममा सबैले मिलेर कलाकार विष्टलाई सहयोग गर्नुपर्ने भएकोले सबैलाई एकजुट हुन् आग्रह गरेका छन् । उनले कार्यक्रममा टिकट दर २५ डलर राख्ने योजना रहेको छ भन्दै विशेष (भिआईपी) ५० र एक सय डलर दरका टिकट पनि राखिने जानकारी गराए ।

    कार्यक्रमको लागि अमेरिकामा रहेका नजदिकका राज्यहरुबाट समेत कलाकारहरु आएर निशुल्क प्रस्तुति गर्ने बताइएको छ ।

    इनास अमेरिकाका सल्लाहकार हरि शर्माले कलाकार राष्ट्रका गहना हुन् यो हामी सबैको दायित्व भएकोले कससी यसलाई सफल बनाउन सकिन्छ त्यसैले समाजका अगुवाहरुको राय परामर्श लिन बोलाएको बताए ।

    कलाकार विष्टको लागि गो फन्ड लगायत व्यक्तिगत रुपमा तथा संघसंस्थाले पनि आर्थिक सहयोग जुटाई रहेका छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!