परराष्ट्रमन्त्री ज्ञवाली दम्पत्तिले गरे मृत्यु पश्चात अंगदान

19 July, 2019 20:29 | राजनीति | comments | 10200 Views

मृत्युपछि जलाएर नष्ट गरिने शरीरका कतिपय अंग समय छँदै अरुमा प्रत्यारोपण गर्नसके कतिको ज्यान बच्छ । यसै तथ्यलाई मध्यनजर गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उहाँकी श्रीमती सरस्वती ज्ञवाली अर्यालले आफ्ना शरीरका बिभिन्न अंग मृत्युपश्चात जुनसुकै बिरामीलाई प्रत्यारोपण गर्ने गरी अंगदानको घोषणा गर्नुभएको छ ।

adsads

मन्त्री ज्ञवाली दम्पत्तिले शुक्रबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा अंगदानको घोषणा गर्नुभएको हो । उहाँहरुले मृत्यु पश्चात मिर्गौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने मञ्जुरीनाममा हस्ताक्षर गर्नुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोखियो भने त्यो नै जीवनको सार्थकता हुने बताउनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!