परवानीपुर गाउँपालिकामा राजपा विजयी

22 September, 2017 19:22 | स्थानीय तह निर्वाचन | comments | 63150 Views

परवानीपुर गाउँपालिकाको अध्यक्ष एंव उपाध्यक्ष पदमा राजपाका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा हरिनारायण साहले तीन हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामक्षेत्री कुर्मीले एक हजार आठसय मत प्राप्त गर्नुभएको छ ।

  

त्यसैगरी उपाध्यक्षमा सावित्री देवीले दुई हजार ४७१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकै सुगानधिदेवीले दुई हजार १७ मत प्राप्त गर्नुभयो ।

त्यस्तै परवानीपुर गाउँपालिकाका वडाध्यक्षमा क्रमशः वडा नं.–१ मा राजपाका मिस्त्री सहनीे (५५९), वडा न २ मा नेपाली काँग्रेसका किशोरीप्रसाद तेली (६९३), वडा न ३ मा राजपाका अनिल राम (७५८), वडा न ४ मा नेकपा एमालेका गजेन्दैप्रसाद पटेल (५३९) र वडा न ५ मा संघीय समाजवादी फोरम नेपालका रामेश्वरप्रसाद कलवारले (७९४) मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत शम्भुराज रेग्मीले जानकारी दिनुभयो ।

प्रदेश दुईमा कांग्रेसको अग्रता कायमै, एमाले पछ्याउँदै राजपालाई संघीय फोरमको चुनौति

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More