परिवार नियोजन सेवामा जोड

10 April, 2013 10:00 | क्षेत्रीय समाचार , पूर्वाञ्चल | comments | 76650 Views

नेपाल परिवार नियोजन सङघ झापा शाखाको ३५ औँ वार्षिक सभा झापाको भद्रपुरमा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै नेपाल परिवार नियोजन सङ्घका केन्द्रीय अध्यक्ष अमुसिंह सिजापतिले परिवार नियोजन सङघको उद्देश्य र सिद्धान्त वमोजिम साधारण र आजीवन सदस्यहरूलाई क्रियाशील गराएर सङ्घका पदाधिकारी, स्वयम्सेवक र कर्मचारीबीच समन्वय ल्याउनु पर्नेमा जोड दिनुभयो ।

 

संघका महानिर्देशक प्रा केपी विष्टले अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घको सिद्धान्त अनुसार एकताका लागि कटिबद्धता, सचेतनाका लागि परिवर्तन र सेवाका लागि जिम्मेवार भूमिका हुनुपर्ने बताउनुभयो ।

  

 

नेपाल परिवार नियोजन सङ्घ मोरङका अध्यक्ष एवम् केन्द्रीय सदस्य सुवोध निरौलाले आज भन्दा ५३ वर्ष अघि द्वारिकादेवी ठकुरानीबाट स्थापित परिवार नियोजन सङ्घले प्रजनन स्वास्थ्य र परिवार नियोजनका क्षेत्रमा उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभएको थियो ।

 

कार्यक्रममा पूर्व सांसद पुष्पराज पोखरेल, झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकाल र सङ्घका साधारण सदस्य एवम् सह प्राध्यापक चिन्तामणि दाहालले परिवार नियोजन सङ्घले गरेका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । सङ्घका झापा अध्यक्ष दीपेन्द्रराज ढकालको सभापतित्वमा भएको सो वार्षिक साधारणसभामा शाखाका सचिव तोया गड्तौलाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

जापान

फेसबुक

जापान

ट्वीटर

सामाजिक सञ्जाल

More