छुरा धसेर हत्या छुरा धसेर हत्या

  • छुरा धसेर हत्या
  • छुरा धसेर हत्या
  • छुरा धसेर हत्या
  • छुरा धसेर हत्या
  • छुरा धसेर हत्या
  • छुरा धसेर हत्या

परीक्षामा फेल भएपछि जापानमा बाबुद्वारा छोराको हत्या

23 August, 2016 18:41 | जापान | comments | 145800 Views

जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् ।

छुरा धसेर हत्या

विद्यालयस्तरको एक परीक्षामा ती बालकले नपढेको भन्दै ती बालकका ४८ वर्षीय बुबाले बिगतमा पनि छोरालाई गाली गर्ने गर्दथे ।

adsads
केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको तयारी गर भन्दा पनि नमानेपछि रिस उठेको र छुरा हानेको बयान दिएका छन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेले सो समाचार मङ्गलबार प्रशारण गरेको छ । जापानमा राम्रो विद्यालयमा प्रवेश पाउनका लागि बालबालिकालाई गाह्रो हुने गर्दछ ।

राम्रो विद्यालयमा आफ्ना छोराछोरीलाई पढाउन पाउनुलाई जापानी दम्पत्तिले पनि इज्जतको रुपमा लिने गर्दछन् । जापानको मध्य सहर नागोयाको आइची जिल्लाको प्रहरीले दिएको जानकारीअनुसार ती बुबाले बच्चालाई गत आइतबार छोरा हानेका र त्यसपछि अस्पताल पुर्याइएको थियो ।

तर पनि अत्यधिक रक्तस्रावका कारण ज्यान गएको समाचारमा जनाइएको छ । छोरा भान्सामा रहेका बेला भान्सामा रहेको तरकारी काट्ने चक्कुले छातीमा हानेको प्रहरीले जनाएको छ । पटक पटक छातीमा छुराले हानेकोले अत्यधिक मात्रामा रक्तस्राब भएको र त्यसका कारण बालकको ज्यान गएको अस्पतालले जनाएको छ ।

ती बाबुले आफूले गल्ती गरेको र सो गल्ती भुलबस हुन पुगेको बताएका छन् । अस्पतालले बालकको ज्यान गएको समाचार सार्वजनिक गरेपछि ती बाबुलाई प्रहरी थुनामा राखिएको छ ।

यो पनि हेर्नुस – चार सन्तानको हत्यापछि आत्महत्याको प्रयास गर्ने आमा पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
छुरा धसेर हत्या

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!