पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

  • पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ
  • पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ
  • पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ
  • पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ
  • पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

22 April, 2019 12:25 | पत्रपत्रिका | comments | 27300 Views

पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् ।

बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन् ।गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले चेकिङका क्रममा दुवैलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् । उनीहरूबाट सुनका गहना तथा साना टुक्राहरू बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

  

विदेशी महिलाको प्रयोग
विमानस्थलमा सानो परिमाणमा हुने तस्करीका घटना नौलो होइनन् । विगतमा नेपाली र भारतीयलाई मात्र प्रयोग हुने गरेकोमा अहिले विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको हो । ‘पहिला नेपाली र भारतीय नागरिक सुन तस्करीमा संलग्न हुन्थे,’ भन्सार कार्यालय विमानस्थलका प्रमुख गजेन्द्र ठाकुर भन्छन्, ‘पछि चिनियाँ र थाई नागरिक तस्करीमा संलग्न भए, पहिलोपटक कम्बोडियन र भियतनामीसमेत पक्राउ परेका छन् ।’

गिरोहमा को ?
विभिन्न देशका नागरिकलाई प्रयोग गरेर नेपालमा सुन तस्करी गर्ने गिरोह ठूलै भएको हुन सक्ने प्रहरी र भन्सार अधिकारीहरूको आकलन छ । तर, अहिलेसम्म गिरोहका नाइकेको पहिचान हुन सकेको छैन । ‘सुनसहित पक्राउ परेकाहरूले गिरोहका बारेमा पटक्कै केही बताउँदैनन्,’ भन्सार प्रमुख ठाकुर भन्छन्, ‘कसले यो तस्करी चलाइरहेको छ भन्ने बुझ्न सकेका छैनौँ ।’

सुन तस्करी गर्ने विदेशी प्रायः समूहमा आउने गरेको प्रहरीले जनाएको छ । चार–पाँचजना एकैपटक नेपाल आउने गर्दछन् । यसअघि संयुक्त अरब इमिरेट्सबाट नेपाली र भारतीयलाई प्रयोग गरी सुन तस्करी हुँदै आएको थियो । लामो समयदेखि चिनियाँ नागरिकले आफ्नै देशबाट नेपालमा सुन तस्करी गर्दै आएका छन् । केही चिनियाँ नागरिक पक्राउ परिसकेका छन् ।

तस्करीका नयाँ–नयाँ शैली
गत २८ चैतमा मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने तीनजना चिनियाँ पक्राउ परेका थिए । भन्सारमा मेटल डिटेक्टरमार्फत चेकिङ गर्दा शरीरभित्र मेटल देखिएको थियो । अस्पतालमा लगेर एक्सरे गराउँदा सुन भएको खुल्यो । उनीहरूलाई दिसा गराएर प्रहरीले सुन निकालेको थियो । उनीहरू चाइना इस्टर्नको विमानमार्फत चीनको कुन्मिङबाट नेपाल आएका थिए ।

त्यस्तै, २१ चैतमा विमानस्थलको भन्सार जाँचबाट पास भइसकेको झन्डै ६ किलो सुन प्रहरीले बरामद गरेको थियो । बाहिरबाट रबर र चाँदीको लेप लगाइएको पाँच किलो आठ सय १४ दशमलव ६५ ग्राम सुनका गहना बरामद भएको थियो । पक्राउ पर्नेमा जतिन जैन, सुनीता गर्ग, बबिता गर्ग र सरिता जैन छन् । उनीहरूलाई विमानस्थलको नयाँ पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको थियो । आइतबार मात्र काभ्रेकी मुना श्रेष्ठ १४ लाख रुपैयाँबराबरका पाँचवटा सुनका सिक्रीसहित पक्राउ परेकी छिन् । विदेशबाट फर्किएका युवासँग संकलन गरेको सुनसहित उनी पक्राउ परेकी हुन् ।

गहना बनाएर विमानस्थलबाट सुन तस्करी गर्ने प्रवृत्ति देखिएको प्रहरीले जनाएको छ । गत १७ चैतमा चिनियाँ नागरिक वाङ झिकाङलाई एक सय ३९ ग्रामको सुनको मालासहित गोल्डेन गेट एरियाबाट प्रहरीले पक्राउ गरेको थियो । गहनाका नाममा उनले चीनबाट नेपालमा सुन तस्करी गर्न खोजेको खुलेको थियो । १३ चैतमा पनि सुनका गहनासहित दुईजना पक्राउ परेका थिए ।

रौतहटका जितेन्द्र चौधरी र भारतीय नागरिक असलम आलमलाई प्रहरीले सुनका चुरासहित पक्राउ गरेको थियो । दुवैसँग ९९–९९ सय ग्राम सुन बरामद भएको थियो । ११ चैतमा बाग्लुङका पवित्रा विक र सबा विकलाई एक सय ५० ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको थियो । १० चैतमा धनुषाका धीरज महतो एक सय ४९ ग्राम र ९ चैतमा काठमाडौंका फहिमुद्दिन मियाँ दुई सय ४९ ग्राम सुनसहित पक्राउ परेका थिए ।

एक सय ग्रामसम्म सुन ल्याउन पाइने
विदेशबाट फर्कंदा सुन ल्याउने प्रावधान फेरिएको छ । सर्वाेच्च अदालतको फैसलापछि अब विदेशबाट आउँदा एक सय ग्रामसम्म सुन ल्याउन पाइनेछ । तर, त्यसबापत भन्सार तिर्नुपर्ने हुन्छ । विगतमा ५० ग्रासम्म सुन भन्सार नतिरी ल्याउन पाइन्थ्यो । अब ५० ग्रामसम्म ल्याउँदा भन्सार तिर्नुनपर्ने, तर त्यसभन्दा बढी ल्याउँदा ५० ग्रासम्मको प्रतिग्राम पाँच सय २० रुपैयाँ तथा त्यसभन्दा माथिको प्रतिग्राम ६ सय २० रुपैयाँ तिनुपर्ने विमानस्थलका भन्सार प्रमुख गजेन्द्र ठाकुरले बताए । ५० ग्रामभन्दा थोरै मात्र ग्राम धेरै सुन भेटिँदा पनि जफत हुने गरेको थियो । धेरै सर्वसाधारण यस्तो नियमबाट पीडित भएपछि सर्वाेच्चमा रिट दायर गरेको थियो । रिटउपर फैसला गर्दै सर्वाेच्चले भन्सार तिरेर एक सय ग्रामसम्म सुन ल्याउन पाइने प्रावधान लागू गर्न आदेश दिएको हो ।

भन्सार र प्रहरीबीच छैन समन्वय
अन्तर्राष्ट्रिय विमानस्थलको आगमनमा चेक गर्ने अधिकार प्रहरीलाई छैन । आगमनमा भन्सार एक्लैले चेकजाँच गर्दछ । आगमनमा भन्सार र प्रहरीको संयुक्त जाँच नहुँदा तस्करहरू तस्करी गर्न सफल भएका छन् । आइतबार पनि दुई महिला भन्सारलाई छक्याएर पार्किङ एरियामा पुगिसकेपछि पक्राउ परेका थिए । पटक–पटक भन्सारबाट पास भएका सुनलगायत सामान प्रहरीले बरामद गर्दै आएको छ । भन्सार प्रमुख ठाकुर आगमनको जाँचमा प्रहरीलाई समेत राख्ने विषय नीतिगत विषय भएको बताउँछन् । ‘सरकारले प्रहरीलाई पनि आगमनमा राख्छ भने हामीलाई कुनै समस्या छैन, यद्यपि अहिले पनि हाम्रो राम्रो सहकार्य छ,’ उनले भने ।

आजको नयाँ पत्रिकामा खबर छ ।

फेरि सुरु भो विमानस्थलबाट सुन तस्करी- चार भारतीय पक्राउ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पर्यटकको आवरणमा सुन तस्करी : चार विदेशी महिला तीन किलो सुनसहित पक्राउ

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More