पर्यटनमन्त्रीद्वारा पोखरामा निर्माणाधीन विमानस्थल निरीक्षण
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । विमानस्थलको रनवे, टर्मिनल भवनसहित निर्माणाधीन १४ भवन, ट्याक्सी पार्किङलगायतका संरचना तथा हालसम्मको प्रगतिका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।
विमानस्थलका आयोजना प्रमुख विनेश मुनंकर्मीले आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, निर्माणमा विद्यमान समस्यालगायतका बारेमा मन्त्री ढकाललाई जानकारी गराउनुभएको थियो । आयोजनाका अनुसार हालसम्म विमानस्थलको ७० प्रतिशत भौतिक तथा ५० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ ।


सो अवसरमा मन्त्री ढकालले पर्यटनमन्त्री भएपछि आफू लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको अध्ययन भ्रमणका लागि पोखरा आएको बताउँदै पोखरा विमानस्थल यथाशक्य छिटो सञ्चालमा ल्याउने सरकारको योजना रहेको बताउनुभयो ।
हालसम्मको कामको प्रगति तुलनात्मक रुपमा उत्साहजन रहेको बताउँदै उहाँले निर्धारित समयभित्र सम्पन्न गर्ने योजना रहे पनि धेरै विलम्ब नहोस् भनेर सचेत रहेको उल्लेख गर्नुभयो । सरकार भैरहवा र पोखरा विमानस्थलाई छिटो सञ्चालन गर्न सकियोस् भनेर केन्द्रीकृत रुपमा लागको मन्त्री ढकालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “राज्यका तर्फबाट ध्यान नपुगेका कारणले विलम्ब भएको कुरालाई यथाशीघ्र समस्या हटाउन पहल गरिने छ, यससँगै जोडिएका अन्य विषयलाई समेत समयक्रममा आफ्नो पहलबाट सम्भव भएसम्म निर्धारित समयभित्र प्रयोगका लागि हामी लाग्छौँ ।” मन्त्री ढकालले विमानस्थल निर्माण कम्पनीलाई आयोजना कार्यान्वयन गर्नका लागि प्रेरित र सहजीकरण गर्ने तथा राज्यका तर्फबाट अप्ठ्यारो भएको छ भने त्यसलाई समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विमानस्थल आयोजना प्रमुख मुनंकर्मीले निर्धारित मिति सन् २०२१ जुन १० भित्रमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाको ‘ल्याण्डसाइड’तर्फ दुई हजार ५०० मिटर रनवे, ट्याक्सी वे, आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँचमार्ग ९एस्सेस रोड०, सिँचाइ नाला, पानी बाहिर पठाउने (आउटलेटिङ) तथा कल्भर्डको काम सकिएको छ ।
त्यसैगरी एयरसाइड र भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटीसी टावरलगायतका विभिन्न १४ भवन, ह्याङ्गरलगायतको सिभिल संरचना र कङ्क्रीट संरचनाको काम सकिएर डेकोरेसन तथा फिनिसिङ भइरहेको र विदेशी कामदार आएलगत्तै उपकरण जडानको काम शुरु हुने स्पष्ट पार्नुभयो । विमानस्थल नजिकको रिठेपानी डाँडा कटान, हालको ल्याण्डफिल्ड साइट स्थानान्तरण, आयल निगमको इन्धन डिपोको व्यवस्थापनलगायतका केही समस्या अझै पनि हट्न नसकेका तर्फ आयोजना प्रमुख मुनंकर्मीले मन्त्री ढकालको ध्यानाकर्षण गराउनुभएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
- शैक्षिकसत्र जेठसम्म लम्ब्याउने शिक्षा मन्त्रालयको तयारी
- घोषणा गरेकै समयमा चुनाव हुनेछ : प्रधानमन्त्री ओली
- “आरोपपत्र फिर्ता लिएर निर्वाचनमा आए पार्टी एकता जोगाउन सकिने”
- कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला
- अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा
- हत्याको आशंकामा आर्यघाटबाट जल्दै गरेको शव प्रहरीद्वारा बरामद
- प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


