पर्यटन मार्ग निर्माण शुरु पर्यटन मार्ग निर्माण शुरु

  • पर्यटन मार्ग निर्माण शुरु
  • पर्यटन मार्ग निर्माण शुरु
  • पर्यटन मार्ग निर्माण शुरु
  • पर्यटन मार्ग निर्माण शुरु
  • पर्यटन मार्ग निर्माण शुरु
  • पर्यटन मार्ग निर्माण शुरु

पर्यटन मार्ग निर्माण शुरु

18 May, 2019 16:35 | कर्पोरेट/पर्यटन | comments | 17700 Views

पर्यटन मार्ग निर्माण शुरु

पर्यटकीय दृष्टिले सदाबहार चर्चामा रहँदै आएको हेलम्बुमा पर्यटन मार्ग निर्माण शुरु गरिएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हेलम्बु गाउँपालिकाले उक्त पैदलमार्ग निर्माण शुरु गरेको हो ।

adsads

हेलम्बु हिमालयन ग्रेड ट्रेल नामाकरण गरिएको उक्त मार्ग हेलम्बु–१ बुद्घपार्कबाट शुरु भई सेर्माथाङ, ज्योमथाङ, आमायाङ्ग्री, ढुक्पु, भेमथाङ, पासाङसिरी, गुफुपोखरी, जलङ्सा, दुवाङगुफा, सेमिसिदाङ, भेयस्री, सोली, ठाडेपाटी, पाकेडाँडा हुँदै घोप्टेघ्याङ पुगेर अन्त्य हुनेछ ।

झण्डै ६० किलोमिटर लम्बाइ रहेको पैदलमार्ग निर्माणको कूल लागत रु ९६ करोड अनुमान गरिएको छ । धेरै लागत लाग्ने भएकाले स्थानीय सरकारको बजेटले मात्र निर्माणकार्य सम्भव नभएकाले यस आर्थिक वर्षमा गाउँपालिकाले १० किलोमिटरको मात्र विस्तृत परियोजना प्रतिवेदन बनाएर काम शुरु गरेको हो ।

गाउँपालिकाले डिपिआरको काम सकेपछि प्रदेश सरकारले काम अगाडि बढाउन रु ५० लाख विनियोजन गरेको छ । पर्यटन प्रवर्द्धनमार्फत गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले पर्यटन मार्ग निर्माण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।

जङ्गली जीव–जनावरलाई आवतजावतमा अफ्ठ्यारो नपरोस् भन्ने उद्देश्यले पर्यटन मार्ग निर्माण गर्ने क्रममा विशेष ध्यान दिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतबहादुर कार्कीले जानकारी दिनुभयो । पर्यटकलाई मोहित बनाउन ठाउँठाउँमा दृश्यावलोकन स्तम्भ निर्माण गरिने उहाँले बताउनुभयो ।

पर्यटन पदमार्गको पहिचान तथा नक्साङ्कन शुरु

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पर्यटन मार्ग निर्माण शुरु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

अर्ना र बाह्रसिङ्गे

फेसबुक

अर्ना र बाह्रसिङ्गे

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!