पर्सामा सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना संक्रमण

3 August, 2020 13:28 | जल/वातावरण/स्वास्थ्य | comments | 18750 Views

पछिल्लो समय कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको आशंका गरिएको पर्सामा सोमबार विहान थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा ६१ जना पुरुष र १२ जना महिला रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । संक्रमितहरु १० वर्षदेखि ६७ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् ।

  

संक्रमित र मृतकको संख्या बढ्न थालेपछि पर्सामा जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० देखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा जिल्लाभर विस्तार गरिएको हो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More