पवन सर्राफको अर्घशतकसंगै नेपालले दियो भारतलाई एक सय ९४ रनको लक्ष्य

14 November, 2019 17:17 |खेल | comments | 6000 Views

    बंगलादेशमा सुरु भएको इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले भारतलाई १ सय ९४ रनको विजयी लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.५ ओभरमा सबै विकेट गुमाएर १९३ रन बनाएको हो ।

    adsads

    सुरुदेखि नै ब्याटिङमा धर्मराएको नेपालका लागि सम्मानजनक स्कोर खडा गर्न नेपालका लागि शर्राफले सवार्धिक ५६ रनको पारी खेले । कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भएपछि शरद भेषावकर र कुशल भुर्तेलले नेपालको पारी सम्हाल्दै ५४ रनको साझेदारी गरे । कुशल २८ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेख पनि मात्र २ रनमा पभेलियन फर्किए । क्रिजमा टिकिरहेका शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ४४ रनको अर्को महत्वपूर्ण साझेदारी गरे ।

    दीपेन्द्र २४ रनमा आउट भए । नेपालले थप दुई रन जोड्दा शरद पनि व्यक्तिगत ४४ रनमा पभेलियन फर्किए । त्यसपछि पवन शरार्फले महत्वपूर्ण पारी खेले । उनले छैटौं विकेटका लागि विनोद भण्डारीसँग ३१ रनको साझेदारी गरे । विनोदले व्यक्तिगत ५ रन मात्र बनाए । सोमपाल कामी पनि २ रनमै आउट भए । नवौं नम्बरमा आएका कारण केसी र विनोदले आठौं विकेटका लागि ४१ रनको साझेदारी गर्दै नेपालको पारी उकासे । करण २० रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर १८६ रन थियो । थप ६ रन जोड्दा पवन पनि ५६ रन बनाएर आउट भए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    फेसबुक

    मुस्ताङमा पर्यटकको चाप बढ्दै

    ट्वीटर

    सामाजिक सञ्जाल

    More