पहाड चढ्यो लामखुट्टे पहाड चढ्यो लामखुट्टे

  • पहाड चढ्यो लामखुट्टे
  • पहाड चढ्यो लामखुट्टे
  • पहाड चढ्यो लामखुट्टे
  • पहाड चढ्यो लामखुट्टे
  • पहाड चढ्यो लामखुट्टे
  • पहाड चढ्यो लामखुट्टे

पहाड चढ्यो लामखुट्टे

26 April, 2019 12:05 | पत्रपत्रिका | comments | 16050 Views

पहाड चढ्यो लामखुट्टे

तराईमा लामखुट्टेबाट औलो संक्रमण हुनु सामान्य हो। अब औलो तराईमा सीमित छैन।

adsads

उच्च पहाडी क्षेत्रसम्म फैलिन थालेको छ। एनोफिलिज प्रजातिको लामखुट्टे पहाडतर्फ चढेपछि औलो पनि सँगसँगै देखा परेको छ। उक्त प्रजातिको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो लाग्छ।

वायुमण्डलमा तातोपन बढ्दा एनोफिलिज लामखुट्टेका लागि उच्च पहाडी क्षेत्रको वातावरण अनुकूल बनेको विशेषज्ञ बताउँछन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालले भने, ‘औलो पहाडतिर देखा परेको छ। यो चिन्ताको विषय हो। ’

विज्ञका अनुसार बाजुरा, बैतडी, मुगु र हुम्लामा एनोफिलिज पोथी लामखुट्टे देखापरेको छ। मुगुको खत्याड र बाजुराको हिमाली गाउँपालिकामा झुुल वितरण गरी विषादी छर्किएको स्वास्थ्य सेवा विभागले जनाएको छ। सरुवा रोगविज्ञ डा. सुमन थापाका अनुसार दुई वर्षअघि मुगुका चारजनामा औलो देखापरेको थियो। ‘पानीघट्ट, कुलो र खेतमा फुल पारेर लामखुट्टेको संख्या बढेको छ। तर चेतना स्थानीयमा छैन। ज्वरो आएपछि पनि सामान्य भन्दै हेलचेक्र्याइँ गर्ने प्रवृत्ति छ,’ डा. थापाले भने।

आर्थिक वर्ष ०७४/०७५ मा औलोका बिरामी बढी देखिएका १० जिल्लाभित्र मुुगु, बाजुरा, बैतडी पनि छन्। मुगुमा एक सय ४३, बाजुरामा ६०, बैतडीमा ३३ र अछाममा ३२ औलोका बिरामी फेला परेको रोग नियन्त्रण महाशाखाले जनाएको छ।

दुई लाख १६ हजारभन्दा बढी जनसंख्या औलोको उच्च जोखिममा रहेको विभागको तथ्यांक छ। त्यस्तै ९ लाख २७ हजार औलोको मध्यम जोखिममा छन्। आर्थिक वर्ष ०७४/०७५ मा २ लाख ७ हजार ५ सय ८१ शंकास्पद औलोका बिरामीको रगत परीक्षण गरिएको थियो।

संक्रमित पोथी लामखुट्टेको टोकाइबाट औलो सर्छ। लामखुट्टेले टोकेको १० देखि १५ दिनसम्म ज्वरो आउनु, काम छुट्नु, टाउको दुख्नु, पसिना आउनु, बान्ता हुनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, अंग सुनिनु औलोका लक्षण हुन्।

औलोको उपचार देशभरका स्वास्थ्य संस्थामा निःशुल्क हुन्छ। आवश्यक सामग्री र औषधि आपूर्ति भइरहेको किटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत लीलाविक्रम थापा बताउँछन्। औलोका बिरामीमध्ये पी फाल्सिपारम भन्दा पी भाइभेक्सका बिरामीको संख्या बढी छ। आर्थिक वर्ष ०७४/०७५ मा पी फाल्सिपारमका ८२ बिरामी फेला परेका थिए। त्यस्तै पी भाइभेक्सका १ हजार १ सय ५ बिरामी भेटिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ। यी सबै बिरामीले निःशुल्क उपचार पाएका थिए। दुर्गमका पहाडी बस्तीमा औलोका बिरामी बढ्न थालेकाले छुट्टै कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको निर्देशक डा. लाल बताउँछन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै औलो रोकथामको उपाय हो। ‘लामखुट्टेको टोकाइबाट बच्नुपर्‍यो। झुलभित्र सुत्नुपर्‍यो’, उनले भने।

स्याङ्जामा ५ संक्रमित

स्याङ्जामा ५ जनामा औलो देखा परेको छ। पुतलीबजार नगरपालिकाका १ र गल्याङ नगरपालिकाका ४ जना संक्रमितको उपचार गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद सुवेदीले बताए। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका डा. काशी खतिवडाले भनिन्, ‘एनोफिलिज जातको पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा औलोको परजीवी सर्छ। कलेजो र राता रक्तकोषका माध्यमबाट शरीरमा फैलिन्छ। ’

उदयपुर उच्च जोखिममा

उदयपुर औलोको उच्च जोखिममा छ। औलोका रोगीको तथ्यांक शून्य रहे रहे पनि सिरहा, सप्तरीलगायतका छिमेकी जिल्ला खतरा रहेकाले जुनसुकै बेला औला संक्रमण हुनसक्ने स्वास्थ्य कार्यालय प्रमुख रमेश खकुरेल बताउँछन्। मैनामैनी, बेल्टार, सुन्दरपुर, कटारीलगायतका क्षेत्रमा रोगका ब्याक्टोरिया फेला परेकाले सजकता अपनाउनुपर्ने उनको भनाइ छ।

गत वर्ष प्रदेश १ का २४ जनामा औलो देखापरेको थियो। देशैभर १ हजार १ सय ८७ जना औलो रोगी छन्। विश्वभर ४ लाख ५० हजार मानिस औलोका रोगी रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

हिमालमा लामखुट्टे ! झुल हालेर सुत्नुपर्छ !!

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पहाड चढ्यो लामखुट्टे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!