पहिचान नखुल्दा मृतकको शव चार दिनदेखि अस्पतालमै

23 September, 2014 15:27 | जन सरोकार , मध्य पश्चिमाञ्चल | comments | 28950 Views

पहिचान खुल्न नसक्दा एक महिलाको शव चार दिनदेखि अछामको जिल्ला अस्पताल मङ्गलसैनमै थन्किएको छ । अछामको लुङ्ग्रा गाविसको जङ्गलमा चार दिनअघि मृत अवस्थामा भेटिएको अन्दाजी ३५ वर्षीया महिलाको शवको पहिचान खुल्न नसक्दा जिल्ला अस्पतालमै थन्किएको हो ।

प्रहरीले शव जिल्ला अस्पताल ल्याएर शवपरीक्षण गरिए पनि आफन्त खोजीमा नआउँदा दाहसंस्कार हुन नसकेको अछाम प्रहरीका निमित्त प्रमुख लक्ष्मण खड्काले जानकारी दिए ।

शव भेटिएको ठाउँमा स्थानीयले ती महिला करिब एक हप्तापहिले देखि नै जङ्गलमा हिँड्ने गरेको देखेको बताएका छन् । आफन्त शव लिन नआएपछि शव दाहसंस्कारका लागि मङ्गलसैन नगरपालिकाको जिम्मा लगाइने तयारी भइरहेको प्रहरीले  जनाएको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More