पहिरोले दुई घर पुरिए, ७० वटा घर जोखिममा

15 August, 2015 20:59 | जन सरोकार , पश्चिमाञ्चल | comments | 56850 Views

शनिवार पर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा पहिरोले २ घर पुरिएका छन् ।

पहिरोका कारण ७० भन्दा धेरै घर जोखिममा परेका छन्। घर पुरिनेमा हरि बहादुर माझी र बलबहादुर माझीको घररहेका छन् । पहिरो जान थाले पछि स्थानीयले सुरक्षाकर्मीको सहयोगमा घरबाट सामान निकालेका छन्।

शनिवार दिउँसो करिब १ बजेबाट पाङको ढिकबाट खसेको पहिरोले मालढुङ्गा-बेनी सडकखण्ड समेत अवरुद्ध भएको छ। सडक अवरुद्ध भए पछि मुस्ताङ, बेनीबाट आएका सवारी साधान र त्यसतर्फ जान लागेका यात्रु अलपत्र परेका छन्। माथीबाट पहिरो खस्ने क्रम नरोकिँदा थप त्रास थपिएको छ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More