नेपाली यू-१९ क्रिकेट टिमनेपाली यू-१९ क्रिकेट टिम

  • नेपाली यू-१९ क्रिकेट टिम
  • नेपाली यू-१९ क्रिकेट टिम
  • नेपाली यू-१९ क्रिकेट टिम
  • नेपाली यू-१९ क्रिकेट टिम
  • नेपाली यू-१९ क्रिकेट टिम
  • नेपाली यू-१९ क्रिकेट टिम

पहिलो अभ्यास खेलमा नेपाली यू-१९ क्रिकेट टिम विजयी

5 July, 2017 12:50 |खेल | comments | 234900 Views

    नेपाली यू-१९ क्रिकेट टिम

    यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली युवा क्रिकेट टिमले भारतको नोयडामा भएको पहिलो अभ्यास खेलमा जित आत्मसात् गरेको छ ।

    मंगलबार भएको पहिलो अभ्यास खेलमा नेपाली यू-१९ टोलीले फ्रेन्ड्स स्पोर्ट्सलाई १ सय २१ रनले पराजित गर्यो ।

    adsads
    गौतम बुद्ध युनिभर्सिटी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ४० ओभरमा ७ विकेट गुमाउदै २५० रन बनाएको थियो । मैदान चिसो भएको कारण खेल ४० ओभरमा झारिएको थियो । नेपालको लागि प्रनित थापा मगरले ८७ रन बनाए भने अनिलकुमार शाहले ५० रन जोडे ।

    खराव सुरुवात गरेको नेपालको इनिंग्स दिपेन्द्र सिंह ऐरीले प्रनितसंग मिलेर संयमित ब्याटिङ गर्दै नेपाललाई इनिंग्स उकासेका थिए । दिपेन्द्रले ४३ रनको योगदान दिए । त्यस्तै रोहित पौडेलले विष्फोटक ब्याटिंग गर्दै ७ बलमा २३ रन बनाउदै अविजित रहे । फ्रेन्ड्स स्पोर्ट्सका लागि सोनु गुज्जरले ३ विकेट लिए भने कनिसिक भाटिले २ विकेट लिए ।

    २५१ रनको लक्ष्य लिएर मैदान उत्रेको फ्रेन्ड्स स्पोर्ट्सले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १ सय २९ रन बनाउन सफल भयो । उसको लागि बोबय यादवले २४ रन बनाए भने सञ्जीव आधना र जितेन्द्र चौधरीले समान १८ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि सन्दीप लामिछाने र रोहित पौडेलले समान २-२ विकेट लिए भने किशोर महतो, रिजन ढकाल र ललित राजवंशीको भागमा समान रह्यो ।

    नेपाली यू-१९ क्रिकेट टिम

    यू–१९ विश्वकपको तयारीमा रहेको नेपाली युवा क्रिकेट टिम दुई साताअघि नोयडा पुगेको थियो ।

    यू-१९ विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली यू-१९ क्रिकेट टिम

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!