पहिलो पटक उपाधि जित्यो नेपाली महिला भलिबल टोलीले

14 November, 2019 20:54 | खेल | comments | 54900 Views

नेपालले पहिलोपटक महिला भलिबलको अन्तर्राष्ट्रिय उपाधी जितेको छ । बंगलादेशमा भएको एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जित्दै नेपालले इतिहास बनाएको हो ।

बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।

  

लिग चरणको अन्तिम खेलमा बुधबार पनि नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले लिग चरणमा कीर्गिस्तान, अफगानिस्तान र बंगलादेशलाई पनि समान ३–० कै सेटमा हराएको हो ।

नेपालले यो प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै उपाधि जितेको हो । अहिलेसम्म नेपाली महिला भलिबल टिमले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्न सकेको थिएन ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More