पाँचजनालाई इटाभट्टामा जलाएर हत्या गरेको अभियोगमा सांसद आलम पक्राउ

13 October, 2019 15:03 |राजनीति | comments | 7200 Views

    रौतहट क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट आइतबार बिहान गिरफ्तार गरेको छ । नेपाली कांग्रेसका सांसद आलममाथि २०६४ सालमा बम बनाउँदै गर्दा पड्केर घाइते भएका पाँच जनालाई इँटा भट्टामा जलाएर हत्या गरेको आरोप छ ।

    adsads

    आलमले भारतबाट केही मानिस भाडामा ल्याएर चुनावमा प्रयोग गर्नका लागि बम बनाउन लगाएको र बनाउने क्रममा बम पड्किएको थियो । सो घटना लुकाउन घाइतेहरूलाई नजिकैको इँटाभट्टाभित्र हालेर पोलेको भन्दै दुई जनाको परिवारले आलमविरूद्ध जाहेरी दिएका थिए ।

    सोही पुरानो जाहेरीको आधारमा आलम पक्राउ परेको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले सेतोपाटीलाई जानकारी दिनुभएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!