पाँचौ जापानीभाषा वक्तित्वकलाको उपाधी प्रदीप कार्कीलाई(फोटो/भिडियो)

27 March, 2016 23:24 | जापान , विशेष भिडियो | comments | 394350 Views

नेपाकेन जापानको आयोजनामा भएको पाँचौ जापानी भाषा व्यक्तित्वकला प्रतियोगिताको उपाधी प्रदीप कार्कीले हात पारेका छन ।

आईतवार टोकियोमा भएको प्रतिस्पर्धमा १७ प्रतियोगिलाई उछिन्दै कार्कीले उपाधी सहित नगद पुरस्कार हात पारेका हुन ।

ads ads
यस्तै प्रतियोगितामा उत्कष्ट वाचन गर्ने अन्जना राजवंशी दोश्रो भईन भने लेखनाथ बगाले तेश्रो भए । प्रतियोगितामा यस वर्षदेखि सुरु गरिएको दर्शक छनौट प्रतियोगि मध्ये दोश्रो भएकी अन्जला राजवंशीलाई दर्शकको रोजाईमा परेकी थिईन ।

उपाधी विजेता तथा उपविजेताहरुले नगद ३० हजार, २० हजार तथा १० हजार नगद तथा प्रमाणपत्र हात पारे । विजेताहरुलाई जापानका लागि कार्यवाहक नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले पदक हस्तान्तरण गर्नुभएको थियो ।

समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि समेत रहनु भएका कार्यवाहक राजदुत राजभण्डारीले नेपाल जापानवीचको सम्वन्ध मजवुद वनाउन प्रतियोगिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै उहाँले जापानीहरुलाई हरेक नेपालीले नेपालको वारेमा जानकारी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथिको आसनबाट वोल्दै गैरआवासीय नेपाली संघ एनआरएनए उपाध्यक्ष भवन भट्टले प्रतियोगिता मार्फत विद्यार्थीहरुले आफनो व्यक्तित्व उजागर गर्नसक्नेमा विश्वस्त रहेको बताउनुभयो । यस्तै उहाँले जापानमा विद्यार्थीहरुलाई भाषामा सक्षमता भएको खण्डमा धेरै अवसर पाईने भएकाले सवैलाई कडा मेहनत गर्न आग्रह गर्नुभयो । यस्तैगरि एनआरएनए जापानका अध्यक्ष सुदन थापाले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

नेपाकेन जापानको आयोजनामा भएको कार्यक्रममा प्रतियोगिता संयोजक विष्णु भण्डारीले कार्यक्रमको महत्व वारेमा प्रकास पार्नुभएको थियो। शंकर बराईलीले संचालन गर्नुभएको कार्यक्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको निणार्यकमा नेपाकेनका संस्थापक जिज्ञानकुमार थापा, क्योदो समाचार एजेन्सीका प्रतिनिधि तथा जापान परराष्ट्र मन्त्रालयकी अधिकृत, पर्वतारोही लगायतका चारजना जापानीहरुले भूमिका निभाएका थिए ।

1 2 3 54 Sudan Thapagroup winner

Group Nepaken

हेर्नुहोस भिडियो:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More