पाँच केजी सुन जस्तो देखिने पहेंलो धातु र नगद सहित भोटे पक्राउ

14 October, 2019 21:14 |जन सरोकार | comments | 5700 Views

    संखुवासभाको भोटखोला गाउँपालिका २ लिङगमबाट खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई सुन जस्तो देखिने पहेंलो धातु करिब ५ केजी र नगद ३८ हजार ८० रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी चौकी चेपुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा तोप्चेनले बोकेको झोलामा उक्त धातु तथा नगद सहित फेला पारी पक्राउ गरेको हो ।

    adsads

    उता नवलपरासी (पूर्व) कावासोती नगरपालिका १५ स्थित सोलाटारी होटलमा अवैध रुपमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका १४ बस्ने ४२ वर्षीय मदन श्रेष्ठ समेत ४ जनालाई नगद ६७ हजार १ सय ९५ रुपैयाँ, कौडा ७ थान, काठको वोर्ड १ थान र कौडा खेल्न प्रयोग गरेको कम्बल १ थान सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    त्यसै गरी प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० र १२ स्थित पूर्वपश्चिम राजमार्गबाट सुनसरी ईटहरी उपमहानगरपालिका २ पशुपति चोक बस्ने २० वर्षीय असिम श्रेष्ठलाई नियन्त्रित लागूऔषध स्पास्पेन १ हजार ६ सय ७० ट्याव्लेट, क्याडोल ५० ट्याब्लेट १ हजार ६ सय २० थान, रिमोडोल ५० ट्याब्लेट ६ थान, मोवाइल १ थान र को १३ प १२७६ नम्बरको मोटरसाइकल १ थान सहित पक्राउ गरेको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार असिमलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    साथै उक्त लागूऔषध बिक्री वितरण हुने गरेको तिरूपती मेडिकलका संचालक सुन्दरहरैंचा ४ बस्ने २६ वर्षीय नरेश यादव समेतलाई आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त मेडिकलबाट डाइलेक्स-डिसी लेखिएको खाली बोतल २ थान, स्पास्पेन लेखिएको २ सय १९ खाली ट्याब्लेट र स्पास्मो लेखिएको १९ खाली ट्याब्लेट समेत प्रहरीले बरामद गरेको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!