पाँच देशीय टी २० सिरिजमा नेपाल र ओमन भिड्दै
ओमनमा जारी पाँच देशीय टी–ट्वान्टी सिरिजअन्तर्गतको अन्तिम खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा दिउँसो सवाँ ३ बजे शुरु हुने खेलमा नेपालले विजय हासिल गर्ने उद्देश्यका साथ आयोजक ओमनको सामना गर्दैछ ।
यसअघि तीन खेलमा नेपालले दुईमा जीत तथा एकमा हार व्योहोरेको छ । नेपालले पहिलो खेलमा हङकङलाई चार विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डलाई पनि समान चार विकेटले नै पराजित गरेको थियो । त्यस्तै नेपाल आयरल्याण्डसँग १३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
तालिकाको शीर्ष स्थानमा रहेको आयोजक ओमान भने नेपालमाथि जीत हात पार्दै सिरिज उपाधि कब्जा गर्न दाउमा छ । यसअघि तीन खेल खेलेको ओमनले तीनै खेलमा जीत हासिल गरेको छ । ओमनले आयरल्याण्ड, हङकङ र नेदरल्याण्डलाई पराजित गरेको थियो ।
प्रतियोगितामा छ अङ्क जोडेको ओमन अङ्क तालिकाको शीर्ष स्थानमा छ भने चार अङ्क जोडेको नेपाल तेस्रो स्थानमा छ । त्यस्तै चार खेलमा तीन खेल जितेर छ अङ्क नै बटुुलेको आयरल्याण्ड रनरेटका आधारमा दोस्रो स्थानमा छ भने तीन खेलमा तीनवटै खेल हारेको नेदरल्याण्ड्स चौथो तथा हङकङ पाँचौँ स्थानमा छ । नेदरल्याण्ड् र हङकङ अङ्कविहीन छन् ।
उक्त सिरिजअन्तर्गतको आजै हुने अर्को खेलमा हङकङ र नेदरल्याण्ड्स भिड्दैछन् । प्रतियोगितामा नेपालसहित ओमान, हङकङ, नेदरल्यान्डस् र आयरल्यान्ड सहभागी छन् ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- न्युजर्सीमा गोली हानाहान : प्रहरी अधिकारीसहित छजनाको मृत्यु
- साग सफल बनाउन योगदान दिने सबैमा धन्यवाद
- उपसभामुखलाई राजीनामा गराउँदै नेकपा : बनाउला त सभामुख ?
- घुस खाने सिडिओलाई तत्काल निलम्बन गर्न आयोगको पत्र
- चारबुँदे सहमतिपछि बूढीगण्डकी प्रभावितको आन्दोलन स्थगित
- आजको राशिफल– २०७६ मंसिर २५ गते बुधबार
- कीर्तिमानै कीर्तिमान सहित सकियो १३ औं साग : १४ औं साग पाकिस्तानमा
- प्रधानमन्त्री ओली डायलासिसका लागि अस्पतालमा
- पुस ४ गते संसदको हिउँदो अधिवेशन आव्हान
- फुटबलमा नेपाललाई स्वर्ण : भुटान २-१ ले पराजित
- २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि
- साग फुटबल फाइनल : दोस्रो हाफलमा नेपाललाई एक गोलको अग्रता
- गैरआवासीय नेपाली संघ (एनआरएनए) तुरुन्त बन्द होस् !
- साग फुटबल फाइनल : नेपालमाथि गोल गर्यो भुटानले
- बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग
- बक्सिङका सनिल साहीले दिलाए नेपाललाई ५० औं स्वर्ण
- अन्तिम समयसम्म सेवामा सक्रिय थिए डा. नाकामुरा अफगानिस्तानमा
- काठमाडौँमा मागेर गुजारा चलाउने काम तीनदिनभित्र बन्द गर्न चेतावनी
- विद्या भरतपोखरी पुग्दा सर्वसाधारण भावुक- भने ‘जुनीजुनीलाई साथ छ’
- रंगशालामा दर्शकमाथि लट्ठीको बर्सा- प्रहरीको कुटाइबाट पत्रकार घाइते
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


