पाँच वर्षदेखि सजाय काटिरहेका कैदी कारागारको पर्खाल नाघेर भागे

17 November, 2019 16:10 | जन सरोकार | comments | 10950 Views

जिल्ला अदालत मकवानपुरबाट बाट कर्तव्य ज्यान मुद्दामा २० वर्ष जेल तोकिएका एक कैदी भीमफेदी कारागारबाट फरार भएका छन् । पाँच वर्षदेखि सजाय काटिरहेका ३० वर्षका कुलदीपराज धामी फरार भएका हुन् ।

कारागारका प्रमुख जेलर प्रकाश खनालले कैदीलाई भगाउन कसैको सहयोग रहेको आशङ्का गर्दै कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल रहेकाले नाघेर भाग्न एक्लैले सम्भव नरहेकाले अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । उद्यपि पर्खालको केही सानो भागमा ग्याप रहेको र त्यहाँ तार तानिएको भेटिएकाले धामी त्यहीबाट भागेको हुनसक्ने अनुमान रहेको बताउनुभयो ।

  

कारागारमा रहेका कैदीहरूको आन्तरिक प्रशासनले राति पौने १० बजे आफूलाई खबर गरेपछि तत्कालै खोजीकार्य अघि बढाइएको बताउँदै खनालले धामीको खोजीका लागि उनको स्थायी घर चितवन र पुरानो ठेगाना सुनसरीमा समेत ‘अर्लट’ गरिएको जानकारी दिनुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More