पाँच वर्षमा तीन लाख ३० हजारभन्दा बढीको मृत्यु भयो सिरियामा

2 October, 2017 11:56 | विश्व समाचार | comments | 154800 Views

पाँच वर्षदेखि द्वन्द्वग्रस्त रहेको सिरियामा यो अवधिमा तीन लाखभन्दा बढीको मृत्यु भैसकेको छ । यस वर्षको सेप्टेम्बरमा मात्र करिब तीन हजारजना नागरिकको ज्यान गएको छ ।

यसरी मारिनेमा सर्वसाधारण नागरिकको संख्या ९५५ रहेको छ । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले आइतबार सो जानकारी दिएको हो ।

  

उक्त संस्थाले दिएको जानकारीअनुसार सिरियामा गएको पाँच वर्षभन्दा लामो समयदेखि जारी हिंसाकै क्रममा गत महिना सन् २०१७ मा मारिएकामा नै सबैभन्दा बढी हिंसा भएको अथवा धेरै मानिसको ज्यान गएको महिनाका रुपमा रहेको छ ।

सिरियामा मारिने नागरिकमध्ये करिब ७० प्रतिशत सर्वसाधारण नै पर्ने गरेका छन् । सिरियाली सेनाको कारबाही, रुसी सेनाको हवाई कारबाही तथा इस्लामिक स्टेट्स समूहबाट मात्र ती नागरिक मारिने गरेका छन् ।

सिरियामा विभिन्न सेनाले सरकारी सेनाका विरुद्धमा पनि कारबाही गर्ने गर्छ । सिरियामा संयुक्त राज्य अमेरिकाको नेतृत्वको सेना, रुसी सेना, सिरियाली प्रजातान्त्रिक बल, कुर्दिस अरब एलाइन्सलगायतका सेनाले यहाँ हवाई कारबाही गर्ने गरेका छन् ।

सन् २०११ को सेप्टेम्बर महिनादेखि सिरियामा राष्ट्रपति बसर अल असदका विरुद्धमा आन्दोलन शुरु भएको थियो । सो आन्दोलन पछि गएर हिंसामा परिणत भएको छ ।

हाल त्यहाँ गृहयुद्ध जारी छ । राष्ट्रपति असदका विरुद्धमा यहाँका विभिन्न प्रजातान्त्रिक बलले आन्दोलन तथा सैनिक कारबाही पनि थालेका छन् ।

अहिलेसम्म यहाँका तीन लाख ३० हजार नागरिकको ज्यान गएको बताइएको छ । यसरी मारिनेमा सेना, प्रहरी पनि छन् । तर मारिने नागरिकमा अधिकांश सर्वसाधारण नै बढी रहेका अधिकारवादीहरूले जनाएका छन् ।

सिरियामा मानवीय सहयोगमा कमी : राष्ट्रसङ्घ

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More