पाकिस्तान पाकिस्तान

  • पाकिस्तान
  • पाकिस्तान
  • पाकिस्तान
  • पाकिस्तान
  • पाकिस्तान
  • पाकिस्तान

पाकिस्तानद्वारा इंग्ल्याण्ड पराजित : रुट र बट्लरको शतक छायामा (हाइलाइट्स)

4 June, 2019 11:15 | खेल | comments | 18450 Views

पाकिस्तान

आइसीसी एकदिवसिय विश्वकप क्रिकेटमा पाकिस्तानले पहिलो जित दर्ता गरेको छ । सोमबार भएको खेलमा घरेलु टोली इंग्ल्याण्ड १४ रनले पराजित हुन पुग्यो ।

adsads

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै ३४८ रन बनायो । उसका लागि मोहम्मद हफिजले ८४ रन बनाए भने बाबर आजमले ६३ रन जोडे । त्यस्तै कप्तान सरफराज अहमेदले ५५ रन बनाई आउट भए भने इमाम उल हक र फकर जमानले क्रमश: ४४ र ३६ रनको योगदान दिए । इंग्ल्याण्डको लागि क्रिस ओक्स र मोइन अलीले समान ३-३ विकेट लिए भने मार्क उडको भागमा २ विकेट रह्यो ।

३४९ रनको चुनौतिपूर्ण लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै ३३४ रन मात्र बनाउन सक्यो । उसका लागि जोय रुट र जस बटलरले शतकीय योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन् । रुटले १०७ बलमा १० चौका र १ छक्काको मद्दतमा १०७ रन बनाए भने बट्लरले ७६ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै १०३ रन जोडे । त्यस्तै जोनी ब्रेस्टो ३२ रन बनाई आउट भए भने क्रिस वक्सले २१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन ।

पाकिस्तानका लागि वाहेब रियाजले ३ विकेट लिए भने सादाब खान र मोहम्मद आमिरको भागमा समान २-२ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच मोहम्मद हफिज भए ।

प्रतियोगिता अन्तर्गत आज अफगानिस्तान र श्रीलंका भिड्दै छन् । खेल नेपाली समय अनुसार सवा तीन बजे कार्डिफमा हुनेछ । पहिलो खेलमा पराजित भएका दुवै टोली आज प्रतियोगितामा पहिलो जित दर्ता गर्ने सुरमा हुनेछन् ।

हाइलाइट्स –

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाको लगातार दोस्रो हार, बंगलादेश २१ रनले विजयी (हाइलाइट्स)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पाकिस्तान

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

फेसबुक

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!