पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

  • पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात
  • पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात
  • पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

17 August, 2019 11:50 | खेल | comments | 18900 Views

पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ । टाइबेकरमा मोरङले घरेलु टोली ताप्लेजुङ–११ लाई ५–४ गोलल पराजित गरेको हो ।

adsads

यस अघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरेका थिए । ताप्लेजुङका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशिल लिम्बूले गोल गरे भने विकास शेर्पा गोल गर्न चुकेका थिए ।

खेलको म्यान अफ दि म्याच मोरङका सूर्य श्रेष्ठ घोषित भए । आज रेड हर्ष क्लब इलाम र फिदिम स्पोर्टिङ क्लबबीच हुनेछ । आगामी भदौ ६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालको पाँच तथा भारतको एउटा टोली सहभागि छन् ।

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पाथीभरा गोल्डकपमा मोरङको विजयी सुरुवात

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More