पानी अभियानकर्ता पार्दे पानी अभियानकर्ता पार्दे

  • पानी अभियानकर्ता पार्दे
  • पानी अभियानकर्ता पार्दे
  • पानी अभियानकर्ता पार्दे
  • पानी अभियानकर्ता पार्दे
  • पानी अभियानकर्ता पार्दे
  • पानी अभियानकर्ता पार्दे

पानी अभियानको नाममा पानी अभियानकर्ता पार्दे पोल्याण्डमा व्रत बस्दै

2 June, 2019 14:57 | प्रबास | comments | 24900 Views

पानी अभियानकर्ता पार्देहरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस् राज्यले नागरिकहरुलाई पानी नि:शुल्क दिनुपर्छ भनेर बिगत लामो समय देखि संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्दे जुन २ गते पानी अभियानको नाममा पोल्याण्ड वारसवामा व्रत बस्ने भएका छन् । हरेक राज्यले नागरिकलाई पानी दिन सकेन भने त्यो राज्य राज्य होइन र यो पृथ्वीमा कोहि पनि पानीको कारणले बिदेशिनु नपरोस् भनेर दोश्रो पटकको एक दिने व्रत उनी गर्दैछन् पहिलो व्रत फ्र्यान्कफर्ट जर्मनीमा गरेका थिए ।

adsads

पानी अभियान र पानी नपाएका आत्माहरुको नाममा उनले व्रत बस्नु भन्दा अघि कपाल पनि खौरिसकेका छन् । उनी लेख्छन् देखिने पानी नपाउदासम्म नदेखिने भगवानको नाममा व्रत बस्नै सक्दैन । पानी नहुँदासम्म कपालमा जुम्रा परिरहनेछ, पानी नारा सफल नहुँदासम्म म चिल्लाइ रहनेछु मेरो कपालमा मेरो शरीरमै जुम्रा परिरहनेछ जुम्रा र खटिरा परेको शरीरले कसरी भगवानको नाम पुकारु ? भोलिको अनशन नभनौ स्वैच्छिक व्रत भनौ उक्त ब्रतको लागि आज कपाल नै खौरेको अवस्था ।

जुन दिन सम्म सरकारले हरेक घरमा पानी नि:शुल्क व्यवस्था गर्दैन त्यो दिन सम्म प्रत्येक वर्ष एक दिन भए पनि पानी नपाएर तड्पिएका आत्माहरुको सम्झनामा बिहान देखि साझ ५ बजे सम्म व्रत बस्ने योजना अनुरुप यो वर्ष वारसवाको लअजिएङ्कि पार्क, ०१-९९९ वार्सजवा (Łazienki Park, 01-999 Warszawa) पार्कमा जुन २ गते आइतबार बस्न लागेको जानकारी गराइन्छ ।

स्मरण रहोस् पहिलो व्रत फ्रान्कफर्ट जर्मनीमा भएको थियो उक्त व्रतमा सहभागी कमलेश अधिकारी र केशब ज्ञवाली हुनुहुन्थ्यो पानी अभियान स्वस्फूर्त अभियान भएकोले कसैलाई निमन्त्रणा गर्ने बोलाउने हुनेछैन ।पानी अभियान स्वैच्छिक अभियान हो । पानी अभियान कुनै करकाप जवर्जस्ती अभियान होइन । यो अभियान अन्तरआत्माको अभियान हो त्यसैले अभियान आफै बगोस स्वस्फूर्त बगोस यहि हो मेरो चाहना । यद्यपि पानी अभियानमा स्वैच्छिक एवं इच्छुक व्यक्तिहरुले आइतबार पार्कमा समावेश हुन सक्नुहुनेछ । “हरेक घरमा धारो होस्, हरेक गाउँमा सिंचाइ होस् ।” #जयपानीअभियान

गुल्मी समाज पोल्यान्डद्वारा पानी अभियानकर्ता पार्दे सम्मानित

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
पानी अभियानकर्ता पार्दे

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!