पुष्पकमल दाहालपुष्पकमल दाहाल

  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल
  • पुष्पकमल दाहाल

पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेछ : अध्यक्ष दाहाल

14 September, 2019 17:15 |राजनीति | comments | 3000 Views

    पुष्पकमल दाहाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रियरूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेकोसमेत उल्लेख गर्नुभयो ।

    adsads

    अध्यक्ष दाहालले पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेसमेत बताउनुभयो । नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्ने भन्दै अध्यक्ष दाहालले जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्ने जानकारी दिनुभयो ।

    उहाँले आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्न भएर बाहिर आएको बताउनुभयो । “म सबै राष्ट्रसँग समान सम्बन्ध भएको देख्न चाहन्छु”, उहाँले थप्नुभयो, “कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा बोले भन्नु निराधार हुन्छ ।”

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले संविधान निर्माणसमेत अहिलेका एकता भएका दुई शक्तिका कारण मात्र भएको बताउनुभयो । उहाँले पहिलो संविधानसभा विघटनपछि दोस्रो संविधानसभासमेत विघटन गर्न देशभित्र तथा बाहिरका शक्ति लागेपनि तत्कालीन एमाले र तत्कालीन माओवादीका कारण संविधान निर्माण भएको बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पुष्पकमल दाहाल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!