भीमबहादुर रावल भीमबहादुर रावल

  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल
  • भीमबहादुर रावल

पार्टी एकतासँगै आचरण सुधार आवश्यक : नेता रावल

13 June, 2019 11:25 | राजनीति | comments | 10500 Views

 

भीमबहादुर रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको जिल्ला कमिटी सदस्यलाई बुधबार शपथ ग्रहण गराउन चैनपुर आइपुग्नुभएका उहाँले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताउनुभयो ।

adsads

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ, गरीब अशहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भन्नुभयो । उहाँले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताउनुभयो । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उहाँले भन्नुभयो । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्वएमालेबाट ८० तथा पूर्वनेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्वनेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । शपथ ग्रहण कार्यक्रममा नेकपाका नेता लेखराज भट्ट, कर्ण थापालगायतको उपस्थिति थियो ।

दश जिल्लामा पार्टी एकता सम्पन्न

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भीमबहादुर रावल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!