पार्टी एकीकरणका लागि लोहनी र राणाबीच छलफल

14 October, 2017 09:46 |राजनीति | comments | 157950 Views

    राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जवरा र एकीकृत (राष्ट्रिय प्रजातन्त्र पार्टी) राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले आज दुई पार्टी एकीकरणका लागि छलफल गर्नुभएको छ ।

    महाराजगञ्जमा भएको भेटमा एउटै परिवेशका दुवै पार्टीलाई एकताबद्ध गरी आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा सहभागी हुने विषयमा समेत छलफल भएको छ ।

    adsads

    राप्रपा (राष्ट्रवादी)का अध्यक्ष लोहनीले मुलुकमा हिन्दू राष्ट्र तथा राष्ट्रिय हितका लागि राष्ट्रिय चरित्र भएको संस्थाको खाँचो औँल्याउँदै सो विषयमा राप्रपा (प्रजातान्त्रिक) प्रस्ट भए चाँडो दुवै पार्टीको एकता हुने विश्वास व्यक्त गर्नुभएको राप्रपा (राष्ट्रवादी) केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिनुभयो ।

    राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले दुवै पार्टीको वैचारिक दृष्टिकोणमा धेरै विषय समान रहेको भए पनि केही प्राविधिक विषयमा पार्टीमा छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुलुकको पछिल्लो राजनीतिक अवस्थामा लोकतान्त्रिक गठबन्धनमा भए पनि सहभागी हुन आग्रह गर्नुभएको छ ।

    तीन दल बैठकमा प्रधानमन्त्रीले भने ढुक्क हुनुहोस् चुनाव सर्दैन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!