पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिनुभएको छ । नेकपा नुवाकोटका काठमाडौँमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले जनस्तरमा पुगेर सक्रिय हुन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो भन्नुभयो,“प्रतिनिधिसभा पुनःस्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्न म आग्रह गर्दछु । हामीले लिएको सही विचार र मुलुकको समृद्धिका लागि म सबैलाई एकताबद्ध भई पार्टीको शुद्धीकरण अभियानमा गतिशील हुन अनुरोध गर्दछु ।”

अध्यक्ष ओलीले पार्टीले ‘जनताको बहुदलीय जनवाद’को मूलभूत विचारको मार्गदर्शनका आधारमा हाल ‘जनताको जनवाद’को विचार लिएको र यसलाई क्रमशः परिमार्जन गर्न सकिने जनाउँदै पार्टी विभाजन गर्न खोज्नेहरुसँग कुनै विचार नभएको जिकिर गर्नुभयो ।
कतिपय नेताले युवालाई भड्काउन खोजेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले सरकार र आफूहरु शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “हामी हिंसामा विश्वास गर्दनौंँ, जनतामा विश्वास गर्छौँ । विगतमा लडाकुका रकमका नाममा वा निर्वाचनका नाममा गरिएका जस्ता अनियमिततता अब हुँदैन ।” कार्यक्रममा नेकपा नुवाकोटका नेता केशवराज पाण्डेले जिल्लामा यही माघ १९ गते जिल्लास्तरीय कार्यक्रम हुने जानकारी दिनुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता लिए : बस्नेत
- प्रधानमन्त्री ओलीद्वारा नेपाली सेनाको उच्च प्रशंसा
- भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप
- समाचार प्रभावः ‘जुम्लाले उच्च शिक्षा छात्रवृत्ति पायो’
- प्रधानमन्त्रीले राजीनामा नदिएकोमा प्रचण्ड-नेपालको आक्रोश, निर्वाचन आयोगलाई पत्र लेख्ने
- देउवा सरकार चलाउने जिम्मेवारी आए पछि नहट्ने, नेता पौडेल प्रतिपक्षमै बस्न रुचाउने
- मौलिक हकको पूर्ण कार्यान्वयन भए मानवाधिकारको पालना हुने
- यसरी बढ्यो फेवातालको क्षेत्रफल दुई हजार पाँचसय रोपनी क्षेत्रफल
- खोप लगाएपछि सभामुख सापकोटाको सुझाव- निर्धक्क भएर लगाउनुस्
- इराकस्थित अमेरिकी सैनिक अखडामा १० वटा क्षेप्यास्त्र प्रहार
- जहाँका महिला डोको–डालो बनाएरै आम्दानी गर्दै घर चलाउँछन्
- प्रचण्ड, सभामुख सापकोटा लगायत सांसदहरुलाई कोरोना बिरुद्धको खोप
- नारी दिवसको अवसरमा रमाइलो खेल : श्रीमतीले श्रीमान् बोकेर दौडिने
- सरकार र चन्द समूहबीच पहिलो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख
- राउटे अगुवाद्वारा मुख्यमन्त्री शाहीसँग खाना र पाल माग
- सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्याउने अध्यक्ष नेपालको प्रतिबद्धता
- फेवातालको विवरण पहिलोपल्ट राजपत्रमा : मापदण्ड कायम गर्न निर्देशन
- क्रसर उद्योगीको मनोमानी, रोकिएन कालीगण्डकी दोहन : सङ्कटमा शालिग्राम
- आफूलाई राष्ट्रपति पदको लोभमा मुछेकामा वरिष्ठ नेता पौडेलको आपत्ति
- सभामुख सापकोटाद्वारा प्रतिनिधिसभा बैठक कक्षको अवलोकन
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


