अध्यक्ष दाहालअध्यक्ष दाहाल

  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल

पार्टी नेताहरुमा राजा महाराजाको लक्षण देखियो : अध्यक्ष प्रचण्ड

23 August, 2019 16:46 |राजनीति | comments | 15000 Views

    माधव नेपालले खोजे ओलीसंग सहजता

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पनि कम्युनिस्टहरु सत्तामा पुगेपछि राजा महाराजाको जस्तो लक्षण देखिन थालेको टिप्पणी गर्नुभएको छ ।

    बिहिबार सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीच भएको बाझाबाझपछि अध्यक्ष प्रचण्डले सो टिप्पणी गर्नुभएको हो ।

    adsads

    शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा जसलाई जे मन लाग्यो, त्यही बोल्न थालिएको बताउँदै यस्तै स्थिति कायम रहेमा पूर्वी युरोपमा जस्तो राजा महाराजाविरुद्ध लडेका जनताले नै लखेट्ने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभयो ।

    अध्यक्ष दाहाल

    उहाँले भन्नुभयो हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं । आजभोलि अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो, त्यही बोलिदिने, समूहको हितलाई बेवास्ता गर्ने भयौं ।

    प्रचण्डले भन्नुभयो सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिइदिनुपर्ने अवस्था उत्पन्न भएको छ ए । यसलाई सच्याउनुपर्छ ।

    बिहीबार प्रधानमन्त्री ओली सिंगापुर जानुपूर्व बालुवाटारमा पार्टीको सचिवालय बैठक बसेको थियो । उक्त बैठकमा केपी ओली र माधव कुमार नेपालबीच भनाभन भएको थियो ।

    वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्दा ओलीले तपाईको शुभकामना चाहिँदैन भनेपछि दुई नेतावीच भनाभन भएको थियो । त्यसअघि नेकपाका केन्द्रीय सदस्यद्वय सूर्य थापा र रामप्रसाद सापकोटावीच सामाजिक सञ्जालमै भनाभन र झगडा भएको थियो ।

    माधव नेपालले खोजे ओलीसंग सहजता
    यसबीच नेकपा नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग आफूले सहज सम्बन्ध चाहेको सन्देश आफू निकटस्थ मानिने नेकपाका नेता तथा बंगलादेशका लागि राजदूत नियुक्ति हुने चरणमा रहेका डा वंशीधर मिश्रमार्फत ओलीसम्म सन्देश पठाउनुभएको छ ।

    हामी दुवैले एक अर्कालाई बुझेका छौं

    मिश्रले नेपाललाई भेटेर पछिल्लो बैठकको समाचारले पार्टी र शुभेच्छुकमा नराम्रो सन्देश गएको बताएपछि बैठकमा भएको भनाभनको अवस्थाले आफूलाई पनि राम्रो नलागेको भन्दै कमी कमजोरी महसुस गरेर सम्बन्ध सहज बनाउन चाहेको बताउँदै असहमतिका बाबजुद सम्बन्धमा कुनै दरार नआओस् भनेर आफू समझदारी र कुराकानी गर्न तयार रहेको बताउनुभएको छ ।

    प्रधानमन्त्री स्वास्थ्य उपचारबाट फर्किएपछि दुवै नेताबीच सहज वातावरणमा छलफल गराउने प्रस्ताव मिश्रले राखेको र नेपाल पनि त्यसका लागि तयार रहेको सन्देश ओलीसम्म पठाइएको छ । मिश्रले नेपाललाई संयमित हुन सुझाव दिएका छन् । नेपालले भने पार्टी अध्यक्षले आफ्नो शुभकामना चाहिँदैन भनेपछि असहज परिस्थिति उत्पन्न भएको र त्यसक्रममा कतिपय शब्दहरु प्रयोग भएको आफूले महसुस गरिसकेको बताउनुभएको थियो ।

    ओलीप्रति माधव नेपालको कस्तो रीस- स्वास्थ्यलाभको कामना समेत गर्नुभएन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    अध्यक्ष दाहाल

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    मनाङको हुम्डे विमानस्थल

    फेसबुक

    मनाङको हुम्डे विमानस्थल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!