जापानी नागरिक ओकेबाजेजापानी नागरिक ओकेबाजे

  • जापानी नागरिक ओकेबाजे
  • जापानी नागरिक ओकेबाजे
  • जापानी नागरिक ओकेबाजे
  • जापानी नागरिक ओकेबाजे
  • जापानी नागरिक ओकेबाजे
  • जापानी नागरिक ओकेबाजे

पाल्पामा काजुमासा काकिमी (ओकेबाजे)को नागरिक अभिनन्दन

14 March, 2019 23:50 |जापान | comments | 50700 Views

    जापानी नागरिक ओकेबाजे

    लामो समयदेखि पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ ।

    पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग गर्दै आउनुभएका ओकेबाजेलाई शैक्षिक संस्था, बालक्लब, युवाक्लब, आमा समूह, सामुदायिक वन उपभोक्ता समूह लगायतका सङ्घसंस्थाले बिहिबार अभिनन्दन गरेका हुन् ।

    adsads

    उहाँले चार वर्षअघि नै नेपालका लागि आवासीय प्रवेशाज्ञा प्राप्त गर्नुभएको छ । बाजेले पाल्पामा रहेर सेवा गरेको साढे दुई दशक भएको उपलक्ष्यमा सम्मान गरिएको अभिनन्दन समितिका सदस्य लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो । उहाँको यसअघि दुईचोटि अभिनन्दन गरिसकिएको छ । पाल्पाका ग्रामीण बस्तीमा निरन्तर सामाजिक सेवामा बिताउनुभएको योगदानको कदरस्वरुप पाल्पालीले अभिनन्दन गरेका हुन् । कार्यक्रममा जापानका ७० भन्दा बढी नागरिकको सहभागिता थियो ।

    नेपाल घुम्न आउनुभएका ओकेबाजे २५ वर्षअगाडि पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पाको ढोलीमारामा बास बस्न पुग्नुभयो । त्यहाँ बसोबास गर्ने बालबालिकाको दयनीय अवस्था, अशिक्षा, गरीबी देखेपछि उहाँको मनले यहीँ बसेर सेवा गर्ने सोच राखेर त्यस समयदेखि नै उहाँले पाल्पालाई कमर्थलो बनाएर काम गर्न थाल्नुभयो । “ गरीब, विपन्नलाई सहयोग गर्न पाउँदा मलाई निकै खुशी लाग्छ, समाजसेवामा अझै खटिरहन्ुछ,” उहाँले भन्नुभयो ।

    आर्थिक समस्याले विद्यालयसम्म पुग्न नसकेका बालबालिकालाई शिक्षा दिने, औषधि उपचार, विकास निर्माण, खानेपानी, शैक्षिक भवन निर्माण, अक्षयकोष, पुस्तकालय स्थापना, आयमूलक काम, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्नुभयो ।

    उहाँको करीब दुईसय विद्यालय भवन निर्माणमा सहयोग गर्नुभएको छ । जापानका विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट रकम जुटाएर गरीब, असहाय, दलित परिवारको शिक्षा, औषधि उपचार, भवन निर्माण, स्वास्थ्य, शिक्षाजस्ता क्षेत्र सहयोग पु¥याउनुभएको छ ।

    सन् १९३९ मा जापानको टोकियोमा जन्मनुभएका ओकेबाजेले त्यहाँको एक बासिदा विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गर्नुभएको थियो । उहाँले २३ वर्षसम्म टोकियोमै अध्यापन गरेर अवकाश पाएपछि पाल्पामा रहेर सामाजिक क्षेत्रमा काम गर्नुभएको हो । उहाँले आफ्नो पेन्सन जति सबै गरीब, विपन्न परिवारको लालनपालन, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा खर्चंदै आउनुभएको छ ।

    कार्यक्रमका अवसरमा जापानी र नेपाली संस्कृति प्रदर्शन गरिएको थियो । ओकेबाजे गरीब, दुःखी, विपन्न, असहाय वर्गको सहारा बन्नुभएको छ । उहाँले यहाँका निम्न, दलित, विपन्नवर्गका परिवारमा अभिभावकको जिम्मेवारी निभाउनुभएको छ । शुरुमा नेपाली भाषा नबुझेपछि नागरिकले जे सोधे पनि ‘ओके–ओके’ भनेर जवाफ फर्काउने गर्दा पाल्पालीले उहाँको नाम नै ओकेबाजे राखिदिएका हुन् । ओकजेबाजे अहिले नेपाली भाषा मज्जाले बोल्नुहुन्छ ।

    बन्दले परीक्षा प्रभावित

    बन्दका कारण पाल्पाका सामुदायिक विद्यालयमा सञ्चालन भइरहेको परीक्षा प्रभावित बनेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले सामुदायिक विद्यालयमा सञ्चालन हुने भनिएको परीक्षा बन्द गरिएको छ । परीक्षाको तयारीमा जुटेका विद्यार्थी बन्दको खबर सुनेपछि निराश बनेका छन् । आज हुने भनिएको परीक्षा चैत २ गते शनिबारका लागि सारिएको छ ।

    परीक्षाको तयारीमा जुटेका विद्यार्थी बन्दका कारण परीक्षा सञ्चालन नहुँदा मारमा परेको शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताउनुभयो । रामपुर नगरपालिकाभित्रका ५० सामुदायिक विद्यालयमा आज सञ्चालन हुने भनिएको परीक्षा बन्दले पूर्णरुपमा प्रभावित बनेको छ । नौ वटा निजी विद्यालयमा पठनपाठन कार्य प्रभावित भएको रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो ।

    ‘ओकेबाजे’लाई नागरिक अभिनन्दन गरिँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जापानी नागरिक ओकेबाजे

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!