पिपिएलको दोस्रो संस्करणको उपाधि चितवनलाई- पायो २७ लाख रुपैयाँ

28 December, 2019 19:50 | खेल | comments | 22350 Views

पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि गत संस्करणमा उपविजेता चितवन राइनोजले जितेको छ । चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधी जितेको हो ।

ads ads

लिग चरणदेखि एक खेल पनि नगुमाई लगातार जित्दैआएको चितवनले फाइनलमा विराटनगरलाई जितका लागि २ सय ३ रनको विशाल लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतकीय योगदान गरे । करण केसीले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरी ८ बलमा २६ रन प्रहार गरे । पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहनले ३६ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए । ३.२ ओभरमा किशोर महतोको बलमा आउट हुनुअघि पारसले ११ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । तेस्रो नम्बरमा आएका बाबर हायत अर्को ओभरमा ५ रनमै आउट भए । तर तेस्रो विकेटका लागि रोहनले अनिलकुमार साहसँग मिलेर ९५ रनको साझेदारी गरेपछि चितवन विशाल योगफलतर्फ अघि बढेको थियो ।

१६ औं ओभरमा दुवै ब्याट्सम्यान पुनित मेहराको बलमा आउट भएका हुन् । अनिलले ३४ बलमा ३ चौका र ३ छक्का तथा रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित समान ५०र५० रन जोडेका थिए । आरिफ शेखले ११ बलमा १९ रन जोडेर आउट भए । छैटौं विकेटका लागि सन्नी पटेल र करण केसीले ११ बलमा ३२ रनको साझेदारी गरेपछि चितवनले २ सय रनको स्कोर पार गरेको हो । समान ८, ८ बल खेलेका सन्नी र करणले क्रमशः १६ र २६ रन प्रहार गरे। करण केसीले विराटनगरका किशोर महतोको अन्तिम ओभरमा २ चौका र २ छक्कासहित २४ रन जोडेका थिए ।

ठूलो लक्ष्य पछ्याएको विराटनगरका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले । तर अर्का ओपनर सुनील धमलाले ४ रनमात्र बनाउन सके । उनलाई सन्नी पटेलले बोल्ड गरेका हुन् । तेस्रो ओभरमा लोकेस बम पनि करण केसीको बलमा लङअन क्षेत्रमा बाबर हायतबाट क्याचआउट भएपछि विराटनगर सुरुमै समस्यामा परेको थियो ।

तेस्रो विकेटका लागि जायदले नोमन खानसँग मिलेर ५३ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास ग रे। ओभरथ्रोमा रन लिने प्रयास गर्दा रनआउट भएका नोमनले १८ रन जोडे। त्यसपछि आएका कप्तान प्रदीप ऐरीसँग मिलेर जायदले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे। १४.१ ओभरमा जाइद ५७ रनको स्कोरमा आउट भए। उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

पाँचौं विकेटका लागि पुनित मेहरा र कप्तान प्रदीपले ४७ रनको साझेदारी गरेका थिए । १७.५ ओभरमा पुनित मेहरा ३२ रनको स्कोरमा आउट भएपछि विराटनगरको हार निश्चित बन्यो । त्यसपछि लगातार विकेट झरिरहृयो । १९ औं ओभरमा करण केसीले दिलिप नाथलाई खाता नखोली आउट गराए । कप्तान प्रदीपलाई पनि ३६ रनको स्कोरमा आउट गराए । प्रदीपले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा करण केसीले ३, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट झारे ।

चितवनले उपाधिसहित रु २७ लाख पुरस्कार पायो । चितवन र विराटनगरसहित साबिक विजेता पोखरा पल्टन, बुटवल ब्लास्टर्स, काठमाडौँ गोल्डेन वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न छ शहरका छ टोलीले प्रतियोगितामा सहभागितामा जनाएका थिए । प्रतियागिता मङ्सिर २९ गतेबाट शुरु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More