पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गएपीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए
  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए
  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए
  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए
  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए
  • पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

5 October, 2019 12:45 |पत्रपत्रिका | comments | 3750 Views

    पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

    मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन ।

    adsads

    हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् ।

     

    ‘घरमा जमरा उम्रिसकेको थियो, कामका लागि दसैंअगावै उड्नुपर्ने भयो । यसपटक परिवारसँग बसेर दसैं मनाउन पाइनँ ।’
    – नारायण थापा

    ‘यो मेरो हर्षको आँसु हो,’ छोराको शिरमा हात राख्दै उनले भनिन्, ‘पाँच वर्षपछि मेरो दसैं घर आएको छ ।’ बबिताले यसो भन्दै गर्दा विमानस्थलको प्रस्थानकक्षमा कास्की रुपा गाउँपालिका–६ का नारायण थापा हातमा पासपोर्ट बोकेर मलिन अनुहारमा उभिएका थिए । आमा–बाको हातबाट घरबाटै टीका लगाएर राजधानी आएका उनी विमानस्थलमा एक्लै थिए ।

    ‘बुबाले नरोइ जानु भन्दै रुनुभएको थियो,’ उनले भने, ‘त्यो सम्झँदा निकै दुःख लागेको छ ।’ दुई वर्षे छोरा र ६ वर्षीया छोरीका बाबु नारायणले बिदाको समयमा पत्नीको अनुहार पनि मलिन रहेको सुनाए । ‘घरमा जमरा उम्रिसकेको थियो, कामका लागि दसैंअगावै उड्नुपर्ने भयो, ‘वैदेशिक रोजगारीको सिलसिलामा चेक रिपब्लिक जाँदै गरेका उनले भने, ‘यसपालि परिवारसँग दसैं मनाउन पाइनँ ।’

     

    ‘यो मेरो हर्षको आँसु हो । पाँच वर्षपछि मेरो दसैं घर आएको छ ।’
    – बबिता श्रेष्ठ

    दसैंको पूर्वसन्ध्यामा विमानस्थलमा पुग्दा सुमन र नारायणजस्ता थुप्र्रै पात्र भेटिए । दसैंअगाडि रातो टीका लगाएर बिदेसिन लागेका भन्दा दसैं मान्न भित्रिएका बढी हर्षित देखिन्थे ।

     

    म पनि दुई वर्षपछि दसैं मनाउन घर आएको हुँ । पर्वमा घर आउन पाउँदा निकै खुसी मिल्दो रहेछ ।
    – मुक्तिनाथ तिमल्सिना

    विमानस्थलको आगमन र प्रस्थान कक्ष खुसी र दुःखको केन्द्र जस्तो लाग्थ्यो । ‘म पनि दुई वर्षपछि दसैं मनाउन घर आएको हुँ,’ काभ्रे पनौतीका मुक्तिनाथ तिमल्सिनाले भने, ‘पर्वमा घर आउन पाउँदा निकै खुसी मिल्दो रहेछ ।’ साउदीबाट फर्केका उनी विगतमा ६ वर्ष मलेसियामा बिताइसकेको सुनाए । ‘त्यस क्रममा थुप्रै दसैं छुटे,’ उनले भने, ‘त्यो निकै खिन्न बनाउने क्षण थियो ।’ ४० दिनको बिदामा आएका उनले पर्व मनाउँदै देशका विभिन्न ठाउँमा घुम्ने योजना बनाएको सुनाए । ‘पर्वमा रमाउनेछु, गाउँघर घुम्ने छु,’ उनले रमाउँदै भने, ‘यो सम्झँदा विमानस्थलबाटै मन फुरुङ्ग भएको छ ।’

     

    अब दसैं, दिवाली, छठ सबै परिवारसँग बसेर मनाउँछु । गाउँघर देख्न व्याकुल छु ।
    देवकुमार यादव

    तेह्रथुमका काजीमान लिम्बु पनि दसैंको मुखमा बिदेसिनुपरेकोमा दुःखी देखिन्थे । पर्वको मुखमा घर–परिवार छाडेर जानुपर्दा निकै पीडा हुने उनले सुनाए । ‘सन्तान र परिवार पाल्नैका लागि बाहिर हिँडेका हौं,’ उनले भने, ‘यो हाम्रो रहर हैन बाध्यता हो ।’ विदेशमा केही समय काम गरेपछि घर परिवारमा रमाउने उनको रहर छ ।

     

    सन्तान र परिवार पाल्नैका लागि बाहिर हिँडेका हौं । यो हाम्रो रहर हैन बाध्यता हो ।
    – काजीमान लिम्बु

    सिराहा लाहानका देवकुमार तीन वर्षपछि पर्वमा रमाउन पाइने भएकामा खुसी छन् । दसैं–तिहार र छठ पर्व मनाउन विदेशबाट फर्कंदै गरेका उनले भने, ‘अब दसैं, दिवाली, छठ सबै परिवारसँग बसेर मनाउँछु । गाउँघर देख्न व्याकुल छु ।’

    आजको नागरिक दैनिकमा खबर छ ।

    दसैंको किनमेल : सुनदेखि नुनसम्म किनमेल गर्नेको भीडभाड

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पीडा आ–आफ्नै : कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!