पीसीआर परीक्षण बढाउन माग गर्दै अनशन बसेकासंग सहमति

7 July, 2020 15:08 | जन सरोकार | comments | 17100 Views

कोरोना भाइरस संक्रमण रोक्न संक्रमितहरु पत्ता लगाउने पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पाटन डबलीमा अनसन बसेका दुई युवा र सरकारबीच १२ बुँदे सहमति भएको छ ।

सहमतिपत्रमा आरडीटी परीक्षण स्थगित गर्ने, पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र समाजमा पुनस्थापना गराउने लगायत उल्लेख छ ।

  

क्वारेन्टिनलाई व्यवस्थित बनाउनु पर्ने, आरडीटी परीक्षण बन्द गर्ने लगायतका माग राख्दै अनशन बसेका उनीहरुको स्वास्थ्य विग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । बिभिन्न राजनीतिक दलका नेताहरुले पनि भेटेर उनीहरुका मागमा ऐक्यबद्धता जनाएका थिए ।

उनीहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल जानुभएको थियो । मंगलबार विहान भएको सहमति पत्रमा अनसनकारीको तर्फबाट ई र पुकार बम तथा स्वास्थ्य मन्त्रालयको तर्फबाट डा. रोशन पोखरेल र समिर कुमार अधिकारीको हस्ताक्षर छ ।

सहमतिपत्रमा विदेशबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेको पाँच दिनपछि मात्रै स्वास्थ्य परीक्षण गरी घर पठाउने र होम क्वारेन्टिनको निर्देशिका यसै हप्ता तयार पार्ने उल्लेख छ ।

सहमतिमा पत्रमा कोरोनाविरुद्धको लडाइँमा भएको खर्च सम्बन्धी विवरण सार्वजनिकीकरणका लागि अर्थ मन्त्रालय, श्रमिकका सम्बन्धमा श्रम मन्त्रालय र अन्य विषयमा गृह मन्त्रालयलाई एक हप्ताभित्र लेखेर पठाउने पनि उल्लेख छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More