पुराना राजनीतिकर्मी आचार्यको निधन

23 September, 2020 13:55 | राजनीति | comments | 18750 Views

पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको मङ्गलबार राति निधन भएको हो । उहाँको राति नै दाहसंस्कार गरिएको परिवारले जनाएको छ ।

जहानियाँ राणाशासनविरुद्धको आन्दोलनमा तत्कालीन धनकुटा जिल्लाको ते¥हथुमका लागि उहाँले सत्याग्रही कमाण्डर बनेर नेतृत्व गर्नुभएको थियो ।

राजपरिषद् स्थायी समितिका सदस्य पनि रहनुभएका आचार्यका नेपाली भाषा, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको योगदान रहेको छ । वामपन्थी पृष्ठभूमिका उहाँ विसं २०१६ देखि धरान नगरपालिकाको तीन पटक प्रमुखमा निर्वाचित हुनुभयो ।

  

उहाँकै अगुवाइमा नेपालमै पहिलो पटक सामुदायिक बिजुली उत्पादनगृह (पावर हाउस) स्थापना भई धरानमा बिजुली वितरण गरिएको थियो । कथाकार आचार्यका तीन कथासङ्ग्रह र नेपालको परराष्ट्रनीतिबारे एक पुस्तक तथा आत्मवृत्तान्त ‘जे देखे‘, जे भोगे‘’ प्रकाशित छ ।

धनकुटाको छथरस्थित तेलिया पीपलेमा विसं १९९० मा जन्मनुभएका आचार्य प्रवेशिका र स्नातकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति भएको जनाइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More