लंगौटी लंगौटी

  • लंगौटी
  • लंगौटी
  • लंगौटी
  • लंगौटी
  • लंगौटी

पुरानो रितिरिवाज झल्काउने चलचित्र ‘लंगौटी’ को दोस्रो पोस्टर सार्वजनिक

29 August, 2019 15:51 | कला/मनोरन्जन , कलिउड | comments | 62550 Views

लंगौटीपछिल्लो समय नेपाली चलचित्रले पुराना कुराहरुलाई बढी महत्व दिन थालेका छन् । जसमध्ये एक चलचित्र हो ‘लंगौटी’ ।

पहिलो पोस्टरमा चर्चा बटुलेको यस फिल्मको दोस्रो पोस्टर सार्वजनिक भएको जसमा निर्देशक तथा कलाकार सुजन खतिवडाको अनुहारको आकृति झल्किएको छ । लंगौटी चलचित्र एक पुरानो रितिरिवाज, गुरुकुल शिक्षा प्रणाली र जातीय परम्परालाई समेटेर बनाइएको डकुमेन्ट्री हो जसले गर्दा हामी नेपालीको वास्तविक जीवन के हो र हाम्रो शरीरमा लागाएको पहिलो वस्त्र के हो ? हिजो लंगाैटी ठाउँमा खोल्न नजानेर के भैरहेको छ र आज २१औ शताब्दीको एड्भान्स लंगाैटी सदुपयोग कसरि गर्न सकिन छ र गर्न सकिएन भने के हुन्छ भन्ने विचारहरु दर्शाउन खोजिएको छ ।

फिल्ममा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, पुरुषोत्तम नेपाल, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, प्रियान्सु, जोसिला विक लगायतका कलाकारको अभिनय रहेको छ ।

  

फिल्म प्रज्वल देवाङ्, बासु न्यौपाने र अनिलको छायांकन रहेको छ भने अनन्त घिमिरेले फिल्मलाई सम्पादन गरेका छन् । यस फिल्मको कथा निर्देशक खतिवडाले नै लेखेका हुन् भने पटंकथा नवराज गजुरेलले लेखेका हुन् । यस फिल्ममा सह निर्माता सुशील सैंजु र शिव आर्चाय हुन्भ ने चलचित्रमा सह निर्देशनमा मनोज खडका रहेका छन् ।

फिल्ममा जगत स्टन्ट मेनको द्धन्द्ध रहेको छ भने फिल्ममा चक्रपाणी तिमिल्सिना, बालकृष्ण सेवाचार्यको संगीत भरेका छन् । यस फिल्मको मिडिया पार्टनरमा न्युज एनआरएन डट कम् , नेपाल जापान डट कम्, भिजन नेपाल एच डी, ए टु जेड मिडिया, रुटिन अफ नेपाल बन्द सहित भाईरल नेपाल रहेका छन् । फिल्म प्रदर्शनको मिति भने अझै तय भईसकेको छैन ।

पुरानो रितिरिवाज झल्काउने चलचित्र ‘लंगौटी’ को पोस्टर सार्वजनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
लंगौटी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More