भलिबल भलिबल

  • भलिबल
  • भलिबल
  • भलिबल
  • भलिबल
  • भलिबल

पुरुष भलिबल : नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित

20 August, 2019 09:40 | खेल | comments | 26550 Views

भलिबल

एशियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा सोमबार भएको उद्घाटन खेलमा नेपाल कीर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित भएको हो ।

कीर्गिस्तानसँग नेपाल पहिलो सेटमा २५-२३ ले पराजित भयो भने दोस्रो २५-२२, तथा खेलको तेस्रो तथा अन्तिम सेटमा पनि समान २५-२२ ले पराजित हुन पुग्यो । फाइनल पुग्ने लक्ष्य लिएर मैदान उत्रेको नेपाली टोली उद्घाटन खेलमा नै पराजित हुन पुग्यो ।

  

यस जीतसँगै समूह ‘ए’ मा रहेको कीर्गिस्तानले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । दुई अङ्क जोडेको कीर्गिस्तानले आज माल्दिभ्ससँग खेल्नेछ । हारसँगै नेपाललाई सेमिफाइनलको यात्रा तय गर्न दबाब बढेको छ । यही भदौ ४ गते बुधबार हुने माल्दिभ्स विरुद्वको खेलमा नेपालले जित हासिल गरे सेमिफाइनल यात्रा तय गर्नेछ ।

नेपालले पहिलोपटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता छ । आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् भने समूह ‘बी’मा तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।

जापानमा भलिबल प्रतियोगिता हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भलिबल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More