पुरुष म्याराथनमा नेपालको दवदवा कायमै- किरणले दिलाए स्वर्ण पदक

7 December, 2019 14:11 | खेल | comments | 9900 Views

दक्षिण एसियाली खेलकूद (साग)को म्याराथन विधामा नेपालको दवदवा छ र बैकुण्ठ मानन्धरले दशकौं अघि कायम गरेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेका छैनन् । शनिबार साग म्याराथनमा नेपालले स्वर्णपदक जितेर यो क्षेत्रमा म्याराथनको बादशाह भएको पुनः स्थापित भएको छ ।

adsads

शनिबार सम्पन्न म्याराथनमा किरण सिंह बोगटीले निर्धारित ४२.१९५ किमि दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका छन् । त्यस्तै भारतका खेलाडीहरुले रजत र काँस्य पदक जितेका छन् । रजत जितेकारासपाल सिंहले २ घण्टा २१ मिनेट ५६ सेकेन्ड र श्रे सिंहले २ घण्टा २२ मिनेट ६ सेकेन्डमा दूरी पार गर्दै कांस्य पदक जिते ।

शनिबार नै भएको महिला म्याराथनमा श्रीलंकन खेलाडी हेरुनी केसाले २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा ४२ किमि दूरी पार गर्दै स्वर्ण पदक जितेकी छन् । नेपालकी पुष्पा भण्डारीले रजत र भारतकी खेलाडीले काँस्य पदक जितेका छन् । भण्डारीले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा निर्धारित दूरी पार गरेकी थिइन् । काँस्य जितेकी भारतीय खेलाडीज्योति गवातले २ घण्टा ५२ मिनेट ४४ सेकेन्डमा दूरी पार गरेकी थिइन्।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More