ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधिब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि

  • ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि
  • ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि
  • ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि
  • ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि

पुलिसलाई पराजित गर्दै ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ फुटबलको उपाधि

21 July, 2019 23:26 |खेल | comments | 12600 Views

    पुलिस क्लब १-० ले पराजित

    ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि

    ललित स्मृति कप यू–१८ च्याम्पियनशिप फुटबल प्रतियोगितामा ब्रिग्रेड ब्वाइज क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आइतबार भएको फाइनल खेलमा ब्रिग्रेड ब्वाइजले विभागीय टोली पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

    adsads

    यस उपाधिसहित ब्रिग्रेड ब्वाइजले लगातार दोस्रो पटक उपाधि जितेको छ । ब्रिग्रेड ब्वाइजको जीतमा बृजेश चौधरीले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको २३औँ मिनेटमा गोल गरे । उपाधिसँगै ब्रिग्रेड ब्वाइजले रु तीन लाख प्राप्त ग-यो ।

    त्यस्तै उपविजेता बनेको पुलिसले रु एक लाख ५० हजार पायो । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपरको उपाधि आर्मीका विशाल सुनारले पाए भने उत्कृष्ट रक्षक पुलिसका विशाल बस्नेत भए ।

    उत्कृष्ट मिडफिल्डर ब्रिग्रेड ब्वाइजका शिशिर लेखी, उत्कृष्ट फरवार्ड ब्रिग्रेड ब्वाइजका ब्रिजेश चौधरी तथा उत्कृष्ट प्रशिक्षक ब्रिगे्रड ब्वाइजकै सुवित कार्की घोषित भए । उत्कृष्ट घोषित हुने खेलाडी एवम् प्रशिक्षकले जनही रु दश हजार प्राप्त गरे । विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार प्रदान गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित उक्त प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेको थियो ।

    ललित स्मृति यु–१८ राष्ट्रिय फुटबलको उपाधि ब्रिगेड ब्वाइजलाई

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ब्रिग्रेड ब्वाइजले जित्यो ललित स्मृति यू–१८ कपको उपाधि

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More