पूर्ण मतपरिणाम नआउँदै मोदीलाई बधाई दिन नेपाली नेताहरुको हतारो

24 May, 2019 09:47 | राजनीति | comments | 12900 Views

भारतमा जारी मतगणनाबाट भारतीय जनता पार्टी ३०० उसको नेतृत्वको गठबन्धन ३४० सिटभन्दा बढी जित्ने देखिएको छ । यो संकेतपछि भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने पक्का भएको छ ।

adsads

यद्यपि निर्वाचनको पूर्ण मतपरिणाम नआइसक्दै नेपालका नेताहरुलाई भने मोदीलाई बधाई दिन हतारो भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार दिउँसै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिनुभयो । मतगणना जारी रहेकै बेला ट्वीटरबाट बधाई दिनुभएका ओलीले त्यसको केहीबेरपछि मोदीलाई फोनमार्फत बधाई दिनुभयो ।

यसै गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका प्राधनमन्त्री नरेन्द्र मोदी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी हुनुभएकोमा बधाई दिनुभएको छ ।

नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री दाहालले लोकसभा निर्वाचनमा प्रधानमन्त्री मोदी र उहाँको दल भारतीय जनता पार्टीले भारी मत प्राप्त गरेकोमा शुभकामना व्यक्त गर्नुभएको हो । भारतीय लोकसभा निर्वाचनको आज मतगणना भइरहेको छ । कूल ५४२ संसदीय क्षेत्रमा मोदीको दल भारतीय जनता पार्टी र उसका सहयोगी दलको राष्ट्रिय गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने देखिएको छ ।

यसै गरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतमा सम्पन्न लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टीले ठूलो सफलता हासिल गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

देउवाले मोदी र शाहलाई छुट्टाछुट्टै पत्र पठाई पार्टी र आफ्नो व्यक्तिगततर्फबाट बधाई तथा शुभकामना दिनुभएको हो । नेपाल र भारतबीच सदियौँदेखि कायम पुरानो सम्बन्ध र मित्रता आगामी दिनमा थप सुदृढ र सार्थक हुँदै जाने सभापति देउवाले बताउनुभएको छ । नेपाली काङ्ग्रेस र भाजपा दुवै पार्टीबीचको सम्बन्ध र सहकार्य अझ बलियोे हुनेसमेत देउवाले विश्वास व्यक्त गर्नुभएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

फेसबुक

मुठीमा गुठी, विधेयक सच्चाउन सरकार लचिलो

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!