पूर्वयुवराज पारस अस्वस्थ, मुटुमा समस्या

26 November, 2020 01:40 | राजनीति | comments | 68550 Views

पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनुभएको छ । रायणगढस्थित एक होटलमा मङ्गलबार साँझ आएर बस्नुभएका शाहलाई बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । रेग्मीका अनुसार, उहाँलाई होटलमै इसिजी गरिँदै छ ।

  

यसै गरी रगत परीक्षण गर्न लागिएको उहाँले जानकारी दिनुभयो । रेग्मीले भन्नुभयो, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ । उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ ।” इसिजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उहाँले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More