पूर्वराजपरिवारको चल सम्पति एकचालिस करोड

20 January, 2017 18:07 |अर्थ | comments | 27600 Views

    birendra-family

    आर्थिक वर्ष २०७३।७४ मा पूर्वराजा वीरेन्द्र शाहको परिवारको चल सम्पति रु ४० करोड ८८ लाख ७६ हजार रहेको छ ।

    adsads

    नेपाल ट्रष्टले दिएको जानकारी अनुसार पूर्वराजा वीरेन्द्र, पूर्वरानी ऐश्वर्य, पूर्वयुवराज दीपेन्द्र र निराजनको नाममा उक्त चल सम्पति रहेको छ । यस्तै सेयरतर्फ विभिन्न बैंक तथा सङ्घ संस्थामा दुई लाख ९५ हजार एक सय १२ कित्ता रहेको छ ।

    नबिल बैंक लिमिटेडमा दुईलाख ५७ हजार ६४२ कित्ता, होटल डेला अन्नपूर्णमा ३० हजार ७२० कित्ता र इन्ड्रष्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७५० कित्ता रहेको ट्रष्टका सहसचिव लेखबहादुर कार्कीले जानकारी दिनुभयो ।

    यस्तै ट्रष्टको नाममा किष्ट बैंकको खातामा ४८ हजार ४६६ पाउन्ड स्टर्लिङ र प्रभु बैंकको खातामा एक लाख ३८ हजार ६२६ अमेरिकन डलर रहेको ट्रष्टले जनाएको छ ।

    ट्रष्टले पूर्वराजाको परिवारको नाममा हालसम्म २३ हजार रोपनी जग्गा फेला पारेको जनाएको छ ।

    सरकारी स्वामित्वमा आए पनि वीरेन्द्रको जग्गा उपयोग भएन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!