पूर्वी नेपाल विकास सहकार्य केन्द्रको दोश्रो अधिवेशन मे १२ मा

4 May, 2019 11:02 | जापान | comments | 20100 Views

नेपालको पूर्वी क्षेत्रबाट जापानमा आई विभिन्न पेशा व्यवसायमा सलग्न नेपालीहरुको संस्था पूर्वी नेपाल विकास सहकार्य केन्द्र जापानको दोश्रो अधिवेशन मे १२ मा हुने भएको छ । अधिवेशनले नयाँ पदाधिकारीहरुको चयन गर्ने छ ।

adsads

संस्थाका अध्यक्ष सुभाष लोहनीले दिएको जानकारी अनुसार हालै बसेको संस्थाको बैठकले अधिवेशनमा प्रस्तुत गरिने कार्यपत्र र कार्यकाल भरिको आर्थिक विवरणलाई अनुमोदन गर्दै अधिवेशनको तयारीको विषयमा बिभिन्न निर्णय गरेको छ ।

बैठकले संस्थामा आवद्ध हुन चाहनेहरुका लागि नयाँ सदस्यता बितरण तथा पुराना सदस्यहरुको नवीकरण कार्य सुरु गरिने र नयाँ कार्यसमितीको लागि इच्छुक सदस्यहरुले आगामी मे ८ तारिख सम्ममा आफ्नो उम्मेदवारी पेश गर्न अनुरोध गरेको छ ।

प्रदेश नम्वर एक मातहतमा रहेका १४ जिल्लाका संयोजक मार्फत सदस्यता नबिकरण गराउने र नयाँ सदस्य बनाउन पहल गर्न पनि बैठकले अनुरोध छ ।

थप जानकारीका लागि संस्थाका निम्न पदाधिकारीहरु सुभाष लोहनी, भूपी गोबिन्द श्रेष्ठ, डिल्लिराम शिवाकोटी, अमित गौतम, कुमार बन, मदन चापागाई, आनन्द कोइराला, ज्याक खडका, संजिब राई, सरोज भेटवाल, रुद्र उप्रेती, बिमल कार्की, रोहित थापा, अखिल राई, डुकु ठिमी, राम कार्की, सुरेश घिमिरे, हरि गेलाल, बिनोद कटुवाल, नबिन दाहाल, प्रकाश बस्नेत, अशोक दाहाल र दिलिप बाबु शिबाहरुसंग सम्पर्क राख्न अध्यक्ष लोहनीले अनुरोध गर्नु भएको छ ।

पूर्वी नेपाल विकास सहकार्य केन्द्र द्वारा बाढी पीडितलाई सहयोग हस्तान्तरण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

फेसबुक

त्रिशुली नदीमा तीन दिनअघि खसेको बस

ट्वीटर

सामाजिक सञ्जाल

More